Listen Live: 

भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्ताहरु सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

Radio Chitwan
बिहिबार, मंसिर २९, २०७९

चितवन, मंसिर २९–

सार्वजनिक खरिद अनुगमन कार्यालयले भरतपुरका दुई सहित १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भरतपुर महानगरपालिसार्वजनिक खरिद अनुगमन आग्रहमा भरतपुर–१७ स्थित जन कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको लागि कालोसूचीमा राखिएको छ । कन्स्ट्रक्सनको मुख्य व्यक्ति जनक गुरुङ हुन् । त्यस्तै, सडक डिभिजन भरतपुरको आग्रहमा लोहनी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षको लागि कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्तिहरु लेखनिधि लोहनी, अशोक लोहनी र दिपक ढकाल हुन् ।

सिराहाको एक जेभीलाई तीन वर्ष र कपिलवस्तुका दुई, काठमाडौँ, जनकपुर,सर्लाही, रौतहत र मकवापुरका एकरएक ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । कालो सूचीमा राखिएको निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram