Listen Live: 

स्थानीय तहहरुले किसानले उत्पादन गरेको दूधमा अनुदान दिन थाले

Radio Chitwan
बुधबार, मंसिर २८, २०७९

खैरहनी । उत्पादन लागत घटाउन स्थानीय तहहरुले किसानले उत्पादन गरेको दूधमा अनुदान दिन थालेका छन् ।
उत्पादनका आधारमा स्थानीय तहहरुले अनुदानको व्यवस्था गर्न लागेका हुन् । पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकाले अनुदान दिनका लागि दुग्ध उत्पादक सहकारीलाई निवेदन दिन माग गरेका छन् । वार्षिक कति उत्पादन हुन्छ त्यसको विवरण सम्बन्धित स्थानीय तहले नगरभित्रका सहकारीहरुसँग माग गरेका हुन् ।
अनुदान दिनकै लागि राप्ती नगरपालिकाले यसवर्ष ४८ लाख ५० हजार रूपैयाँ बजेट छुट्टयाएको छ । राप्तीले गत आर्थिक वर्षदेखि दूध उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरेको थियो । राप्तीमा ६ वटा दुग्ध उत्पादक सहकारी तथा एउटा बहुउद्देश्यीय सहकारी संस्था छ । बहुउद्देश्यीय सहकारी संस्थाले पनि दूध संकलन गर्दै आएको छ ।
ती सहकारीहरुले गत वर्ष किसानबाट संकलन गरेको दूधको विवरण बुझाएपछि अनुदान वितरण हुने राप्ती नगरपालिका प्रमुख शमशेर लामाले जानकारी दिए । किसानलाई स्थापित गराउँदै दुधको उत्पादन बढाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको उनले बताए । ‘उत्पादन गरेको आधारमा अनुदान दिँदा प्रभावकारी हुन्छ’, नगरप्रमुख लामाले भने, ‘यसबाट उत्पादन लागत घट्ने र दूध उत्पादन बढ्ने विश्वास छ ।’
राप्ती नगरपालिकाले गत आर्थिक वर्ष ५० लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा प्राप्त विवरणपछि ४२ लाख रूपैयाँ अनुदान दिएको थियो । नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख शैलेन्द्र भण्डारीले यो वर्ष वितरण हुने अनुदानका लागि नगरभित्रका सहकारीहरुलाई आफ्नो विवरण बुझाउन सूचना प्रकाशित गरिसकेको बताए । यो वर्ष करिब प्रतिलिटर ५२ पैसा किसानले प्राप्त गर्ने उनले जानकारी दिए ।
यस्तै, पूर्वी चितवनको खैरहनी नगरपालिकाले पनि स्थानीय तह लागू भएको वर्षदेखि अनुदान दिने व्यवस्था सुरू गरेको थियो । यसवर्ष पनि अनुदान दिनका लागि साझेदार संस्थाका रुपमा दुग्ध उत्पादक सहकारी संस्थालाई आवेदन दिन सूचना प्रकाशित गरेको छ । माग संकलनपछि उत्पादनका आधारमा अनुदान दिइने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख रूद्र श्रेष्ठका अनुसार दुग्ध सहकारीबाट आवेदन आएपछिमात्रै कति अनुदान दिने भन्ने निर्णय हुने बताए । खैरहनीमा २१ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् भने खैरहनी–९ का करिब २ सय किसानले राप्ती–८ मा रहेको दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गर्नेछन् ।
खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले नगरपालिकाले कृषि, पशुपालनलाई प्राथमिकता दिएको बताए । ‘प्रतिलिटर उत्पादनका आधारमा अनुदान दिँदा किसान प्रत्यक्ष लाभान्वित हुन्छन्’, नगरप्रमुख खनियाँले भने, ‘जसका कारण किसानमा हौसला हुने र दूध उत्पादन पनि बढ्नेछ ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram