राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
चितवनको भरतपुरमा बिहे भोज खाएका दुई सय बढी बिरामी भए

चितवन, मंसिर २७–
चितवनको भरतपुरमा बिहे भोज खाएका दुई सय बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको छ ।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका थिए । घटना पश्चात आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा अध्यक्ष मनोज रानाभाट, वडा सदस्यहरुलगायतको टोलीले होटलमा पुगेर अनुगमन गरेको हो । महानगर प्रमुख दाहालले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भएर कारवाही गर्ने बताइन् ।
होटलका प्रवन्ध निर्देशक जनार्दन रिजालले गल्ती स्वकार गर्दै बिरामीहरुलाई एउटा अस्पतालमा उपचारको लागि व्यवस्थापन गरिएको भन्दै अन्य पक्ष बारे सोधखोज भइरहेको बताए । यस्तै आजै जिल्ला प्रशासन कार्यालयले पनि होटलमा निरीक्षण गरेको छ । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।
यसैबीच सो रिसोर्टमा आज साँझ शील लगाईएको छ ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]