Listen Live: 

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने

Radio Chitwan
मङ्लबार, मंसिर २७, २०७९

चितवन, मंसिर २७-

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौँ तर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

आन्य समाचारहरु:-
September 19, 2023
तीजको दिन नारायणीमा पौडी खेल्न गएका एकै घरका दुई बालकको डुबेर मृत्यु

चितवन,असोज १- नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय […]

August 4, 2023
रत्ननगर १५ मा ‘एक घर एक नागरिक बडापत्र’

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१५ ले नगरमै पहिलोपटक वडाबासीलाई नागरिक बडापत्र वितरण गरेको छ । एक घर एक बडापत्रको अवधारणाअनुसार वडाभित्रका सबै घरधुरीलाई नागरिक बडापत्र वितरण गरिएको हो । […]

June 30, 2023
कृषि प्रधान देश भएकाले नेपाललाई नाकाबन्दीले पनि गलाउन सकेन : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताएका छन् । राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन आएका […]

March 23, 2023
विश्व खानेपानी दिवसको अवसरमा बुधबार खानेपानीको मुहान सरसफाइ

रत्ननगर । विश्व खानेपानी दिवसको अवसरमा बुधबार खानेपानीको मुहान सरसफाइ गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा क्षेत्रभित्र रहेको लौरीघोल मुहानको सरसफाइ गरेको हो । खानेपानीको मुहान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram