Listen Live: 

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग

Radio Chitwan
सोमवार, मंसिर २६, २०७९

चितवन, मंसिर २६–

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ ।

वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज ९सोमबार० सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेसन गएको हो ।

डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ । भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण सोधेका थिए । उनले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यालय प्रमुख अर्यालले सडक निर्माणको काम तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । पौष १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने उनको प्रतिवद्धता छ । धुलो उड्न नदिने गरी काम अघि बढाईने समेत उनले बताए । निर्माण कम्पनीले तत्काल काम सुरु नगरे कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख अर्यालको भनाइ छ । उपभोक्ताका तर्फबाट स्थानीय इन्दिरा सापकोटा सडौला र रेशम कंडेलले आफ्नो भनाइ राखेका थिए ।

तीन किलो मिटर लामो उक्त सडक निर्माणका लागि २०७५ साल वैशाख २६ गते सघन शहरी तथा भवन निर्माण आयोजना चितवन र रमण शिव शक्ति जेभीबीच सम्झौता भएको थियो । सम्झौतामा २०७७ असार मसान्तसम्म सक्नुपर्ने भनिए पनि सडक निर्माणको काम अझै अलपत्र छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram