Listen Live: 

दाङको देउखुरी उपत्यकामा राजधानी स्थानान्तरणको काम धमाधम अघि बढाइदै

Radio Chitwan
सोमवार, मंसिर २६, २०७९

२६ मंसिर, दाङ । ०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यकाको देउखुरीमा तोक्यो । प्रदेश राजधानी तोकिएको दुई वर्ष वित्दा पनि पूर्वाधार अभावले प्रदेश राजधानी अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट पाँच वर्षसम्म सञ्चालन भयो ।

लुम्बिनी प्रदेशको पहिलो पाँच वर्षे कार्यकाल सकिनै लाग्दा दाङको देउखुरी उपत्यकामा राजधानी स्थानान्तरणको काम धमाधम अघि बढाइएको छ । नवनिर्वाचित प्रदेश सभा सदस्य, नयाँ मुख्यमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण प्रदेश राजधानी देउखुरीमै गर्ने तयारी छ ।

अहिले भौतिक संरचना तयार पार्ने र देउखुरी उपत्यकालाई सिंगार्ने काम भइरहेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देउखुरी क्षेत्रमा पर्ने पश्चिममा शिव खोला र पूर्वमा धानखोलासम्मका सार्वजनिक स्थलहरु रंगरोगन गरेर चिटिक्क पारिएको छ भने मुख्य(मुख्य चोकहरुमा स्वागतद्वार निर्माण गरिएको छ ।

उद्योग वाणिज्य संघ र होटल व्यवसायी समितिको अगुवाइमा बस बिसौनी तथा सार्वजनिक संरचनामा रंगरोगन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ क्षेत्र भित्रका करिब १४ वटा बस बिसौनी र सिसहनिया उद्योग वाणिज्य संघ क्षेत्रका ८ वटा बस बिसौनी रंगरोगन गरिएको छ । ती बस बिसौनी र स्वागत द्वारहरुमा ‘लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी०मा हार्दिक स्वागत गर्दछौं’ लेखिएको छ ।

आन्य समाचारहरु:-
November 2, 2024
झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम

रत्ननगर । नेपालीहरुकाे दाेस्राे महान चाड शुभ दिपावलीकाे अवसरमा रत्ननगरकाे झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न भएकाे छ ।  शुक्रबार भुवानी सामुदायिक पुस्तकालय , झुवानी सामुदायिक महिला बचत […]

October 30, 2024
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुदै

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]

October 30, 2024
पिठुवामा रक्तदान कार्यक्रम, सम्पन्न ८२ युनिट रगत संकलन

रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई […]

October 30, 2024
एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न

चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram