Listen Live: 

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत

Radio Chitwan
सोमवार, मंसिर २६, २०७९

भरतपुर । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ।
यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ। लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो।
यसै वर्षबाट उत्पादन बजारमा आएको हो। नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ। उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ। केही महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए। बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ। दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ। टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ।
सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताए। उनले भने, “एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो। नेपाली माटो टायलका लागि उत्तम देखियो।”
भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उनले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकाले यहाँको माटो गुणस्तरीय देखिएको रौनियारले बताए। भारतबाट ल्याएको माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलो रु आठ पर्छ भने नेपाली माटो रु तीनमा उद्योग आइपुग्ने उनको भनाइ छ।
उद्योगले महिनामा सात हजार दुई सय टन माटो खपत गर्दै आएको छ। झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष रु ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताए। अहिले उद्योगले मासिक रु २० करोड हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ। देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन्। विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पु¥याउन सहज भएको हो।
पहिलो चरणमा भुईँमा बिछ्याउने फरक–फरक साइजका टायल उत्पादन भएका छन्। उद्योगका अध्यक्ष शम्भुनाथ झाका अनुसार भारतीय ब्राण्डेड टायलभन्दा राम्रो गुणस्तरमा उद्योगले उत्पादन थालेको छ। छिट्टै भित्तोलगायतका ठाउँमा लगाउने फरकफरक खालका टायलसमेत उत्पादन गर्ने योजना रहेको झाले बताए।
पाँच बिघा १२ कट्ठा जमिनमा रु एक अर्ब ५० करोडभन्दा बढी लगानी गरेर उद्योग सुरु गरिएको हो। उद्योगमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। सुरुमा भारतबाट एक सय ५० जना प्राविधिक कामदार ल्याइएकोमा अहिले घटाएर एक सयमा झारिएको छ। यो सङ्ख्या क्रमशः घटाउँदै लैजाने उनले बताए।
अध्यक्ष झाले भने, “हामीले उद्योग सुरु गरेसँगै अन्य व्यवसायीले पनि उद्योग सञ्चालनको तयारी गरेका छन्। यही ढङ्गले अघि बढेमा पाँच÷सात वर्षपछि नेपाल टायलमा आत्मनिर्भर हुन्छ।” सम्पूर्ण उपकरण इटलीमा बनेको भन्दै उनले भारतीय उत्पादनभन्दा गुणस्तरीय उत्पादन आफूले गर्दै आएको बताए। उनका अनुसार उपकरणका लागि मात्रै रु ७० करोडभन्दा बढी खर्च भएको छ। उत्पादन गुणस्तरीय र मूल्य सस्तोमा बिक्री गर्न सकेको उनले बताए।
सुरुआती समय सम्झँदै उनले भने, “साथीभाइ र परिवारका मानिसले पनि यिनीहरुले सही काम गरेनन् भन्थे, अहिले सबै दङ्ग छन्।” आफूहरुले निकै चुनौती मोलेर काम गरेको जनाउँदै उनले कच्चा पदार्थ र बजारीकरणमा आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram