Listen Live: 

चितवनको क्याम्पाचौर मैदानमा ‘नेपथ्य लाइभ कन्सर्ट’ समपन्न

Radio Chitwan
सोमवार, मंसिर २६, २०७९

चितवन, मंसिर २६(

चितवनमा ‘नेपथ्य लाइभ कन्सर्ट’ समपन्न भएको छ । मानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा हिजो साँझ ४ बजेदेखि नेपथ्यले लाइभ कन्सर्ट सुरु गरेको थियो । चितवनमा दर्शकमाझ नेपथ्यले लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा राखेको थियो ।

चितवनका दर्शकहरुसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो। सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्यान्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो। त्यो क्रम बढ्दै पछिल्लोपटक ब्यान्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो। त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपालि पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।

देशव्यापी यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुतिमा पनि दर्शकको उल्लेख्य उपस्थिति थियो। महिना दिन लामो यात्राअन्तर्गत यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भव्य कन्सर्ट सम्पन्न गरिसकेको छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram