लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला बागमती प्रदेशको सांसद चुनिएका छन्
चितवन, मंसिर २५–
नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेता बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले शनिबार निर्वाचन आयोगले बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको छ । सांसद पौडेल तरुण दल हुँदै कांग्रेसको राजनीतिमा लामो समयदेखि कृयाशिल छिन् । कांग्रेसको हरेक गतिविधिमा उनको सक्रियता देखिन्छ । उनी बागमती प्रदेशको मन्त्री हुन सक्ने संभावित नेतृ हुन् ।
यस्तै गुरुङ कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल छिन् । पौडेल खस आर्य महिला क्लस्टबाट सांसद चुनिएका हुन् भने गुरुङ र श्रेष्ठ आदिवाजी जनजातितर्फबाट सांसद चुनिएका हुन् ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]