रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
दुई वर्ष रोकिएको खिचरा महोत्सव पुस २९ गतेदेखी माघ ९ गते सम्म जवकौली स्थित गौचरनमा यस वर्ष आयोजना हुने भएको छ।

खैरहनी । लगातार दुई वर्ष रोकिएको खिचरा महोत्सव यस वर्ष आयोजना हुने भएको छ। विश्वभर फैलिएको कोरोना संक्रमणका कारण मेला महोत्सव रोकिएका थिए। वि।सं। २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा यो महोत्सव हुदै आएको छ। यस वर्ष अवस्था सहज भएपछि थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा महोत्सवको आठौं संस्करण हुन लागको हो।
आयोजकले शनिबार खैरहनी ५ स्थित थारु संग्राहलयमा पत्रकार सम्मेलन गर्दै पुसको अन्तिम सातादेखी महोत्सव हुन लागेको जनाएको छ। थारु कल्याणकारीणी सभाले थारु समुदायको नयाँ वर्षको अवसर पारेर महोत्सव गर्ने गरेको छ। पुस २९ गतेदेखी माघ ९ गते सम्म जवकौली स्थित गौचरनमा महोत्सव हुनेछ।
थारु समुदायको संस्कृति ,खानाका परिकारको संरक्षण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। थारु समुदायको नयाँ वर्षलाई लक्षित गर्दै महोत्सव हुन लागेको हो,स्ंयोजक चौधरीले भने – महोत्सवले हाम्रो समुदायको संस्कृति संरक्षण हुनुका साथै युवा पुस्तालाई आफ्नो संस्कृतिको महत्व बुझाउँदै संरक्षणका जिम्मेवार बन्न मद्यत गर्नेछ।
उनका अनुसार पर्यापर्यटन, विविध भाषा, जातजाति, संस्कृतिको संरक्षण मार्फत आन्तरीक पर्यटन तथा व्यापार व्यवसायको प्रवद्र्धन गर्ने, थारु संग्राहलय तथा अनुसन्धान केन्द्र व्यवस्थापन र संचालन गर्न, कृषि उपजलाई प्रोत्साहन गर्न, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ती अक्षय कोषमा टेवा पुर्याउन, एक आपसमा आपसी सद्भाव, भाईचारा बढाउने उद्देश्यका साथ महोत्सव हुन लागेको हो।
महोत्सवमा थारु लगायत अन्य समुदायको परम्परागत भेषभुषा सहितको संस्कृति प्रर्दशन हुने, थारु विषेश खानाका स्टल राखिने, खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने, हस्तकलाका सामाग्री र व्यवसायिक स्टल रहनुका साथै तराईका विभिन्न जिल्लाका थारु विषेश सास्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ।
महोत्सवका प्रवक्ता एवं थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का निवर्तमान सभापति नारायण महतोले महोत्सवमा १२० वटा स्टल रहनुका साथै करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको जानकारी दिए।
थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का सभापति चुडामणी चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला सभापति ललितकुमार चौधरी, थारु वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]