Listen Live: 

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा

Radio Chitwan
शनिबार, मंसिर २४, २०७९

काठमाडौं,मंसिर २४–

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। त्यसअघि अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन। त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो। टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। अर्जेन्टिनाको चौथो प्रहार गोल नभएपछि नेदरल्यान्ड्सको सम्भावना कायमै देखिएको थियो।

तर पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेज चुकेनन्। टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए। नेदरल्यान्ड्सका कप्तान भान डायक भने पहिलो प्रहारमै चुके। दोस्रे प्रहार गर्न पुगेका स्टिभन बर्घुइसलाई पनि मार्टिनेजले निराश बनाएका थिए।

त्यसअघि ३५ औँ मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरेका हुन्। ८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा ल्याएको हो।

८३ औं मिनेटमा उट वेघोस्र्टले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्कने सम्भावना देखिएको थियो। अन्तिम समयमा नेदरल्यान्ड्सका वेघोस्र्टले नै गोल गर्दै अर्जेन्टिनालाई निराश बनाएका थिए। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्ने छ। प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा बाटिस्टुटाको १० गोलको कीर्तिमान पनि बराबरी गर्न सफल भए।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram