Listen Live: 

बीमाको बजार विस्तारसँगै चितवनका महिला स्वरोजगार बन्दै १

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

चितवन, फागुन २३। चितवनमा बीमा क्षेत्रमा काम गर्ने महिलाको सक्रियता बढ्दै गएकोे छ । पछिल्लो समय अन्य विभिन्न क्षेत्रसँग आवद्ध रहेका महिलाहरु बीमा क्षेत्रमा जोडिन थालेका छन् ।

गृहणी महिला, बैंक÷वित्त, एनजिओ÷आईएनजिओ, शिक्षण पेशा लगायतमा आवद्ध महिलाहरुका लागि बीमा क्षेत्र आम्दानीको बलियो पाटो बनेको छ ।

विगत केही वर्षअघि महिलाहरु शिक्षित भएर पनि स्वरोजगार बन्न सकेका थिएनन् । तर बीमाको बजार विस्तारसँगै ग्रामिण तथा शहरी ईलाकामा बीमा क्षेत्रमा काम गर्ने महिलाको सक्रियता बढ्दै गएको सरोकारवालाहरुको भनाई छ ।

यसै क्षेत्रमा दुई वर्षदेखि निरन्तर जोडिएकी छिन् भरतपुर १९ रामनगरकी सृजना राई । उनी पेशाले शिक्षिका हुन् । शिक्षण पेशालाई सँगै लिएर उनी विगत दुई वर्षदेखि सुर्या लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गर्दै आएकी छिन् ।

करिब ११ वर्षअघि नेपालमा जनमानसमा बीमाको अर्थ बुझाउन एकदमै कठिन थियो । यसको अर्थ मानिसहरु बीमा गर्ने भनेपछि त्यति सकारात्मक भने थिएनन् ।

उनले यस क्षेत्रमा काम सुरु गरेपछि अन्य क्षेत्रमा भन्दा दुख कम र आम्दानी राम्रो भएको बताउँछिन् । बीमा अभिकर्ताको रुपमा काम गर्नेहरुलाई नियमित रुपमा कार्यालय जान नपर्ने र यसलाई ‘पार्ट टाइम’ बनाएर काम गर्दा सोचेभन्दा पनि राम्रो आम्दानी भएको उनको भनाई छ । उनी भन्छिन्, ‘बिहान घरधन्दा सकाएर स्कुल जान्छु । स्कुलमा बालबालिका लिएर आउने अभिभावकहरु उनीहरुको भविष्य सुनिश्चितताका लागि सजक भएका कुराहरु सुदा उहाँहरुलाई बीमा गर्नुपर्छ भनेर ‘कन्भिन्स’ गर्दै आएकी छु । अहिले स्कुलमा अध्ययनरत धेरै बालबालिकाले बीमा गरेका छन् ।’

शिक्षण पेशामा आवद्ध भएका कारण पनि यस क्षेत्रमा थप विश्वाशिलो भइने राई बताउँछिन् । जनमासमा बीमाबारे जनचेतना फैलाउन थप सहज भएको भन्दै उनले समुदायमा बीमा प्रति सकारात्मक सोचको विकास भएको उनको भनाइ छ ।

त्यस्तै भरतपुर ७ कृष्णपुरकी कल्पना पौडेल पनि २०६७ सालदेखी बीमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य समेत रहेकी पौडेल हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी बीमक संघकी केन्द्रीय सदस्य हुन् ।

करिब ११ वर्षअघि नेपालमा जनमानसमा बीमाको अर्थ बुझाउन एकदमै कठिन थियो । यसको अर्थ मानिसहरु बीमा गर्ने भनेपछि त्यति सकारात्मक भने थिएनन् । बीमा अभिकर्ताबाट काम सुरु गेरेकी पौडेलले विगत केही वर्षदेखि बीमा सम्बन्धि मानिसहरु सकारात्मक बन्दै गएको बताउँछिन् । उनका अनुसार बीमा क्षेत्रमा उनी प्रवेश गर्ने समयमा महिलाको संख्या कम न्युन थियो ।

देशभर बीमाको पहुँच बढ्दै गएको र बीमा क्षेत्रमा रोजगारीका लागि महिलाको बढ्दो सक्रियताले समाजमा महिलालाई हेरिने दृष्टिकोण पनि राम्रो बन्दै गएको पौडेल बताउँछिन् । उनी भन्छिन,‘बीमा कम्पनीमा प्रवेशसँगै महिलाहरु स्वाभिमानी बन्दै गएका छन् । सँधै घरभित्र बसिरहने महिलाहरु पनि घरबाहिर हिँड्न र ‘मासमा’ बोल्न सक्ने बानिको व्यक्तित्व विकास हुदै गएको छ ।’

महिलाहरुले घर–घरमा गई आर्थिक सल्लाह दिने, निर्धक्कका साथ बीमा पोलिसी बेच्न सक्ने र धैर्य धारण गर्ने क्षमता बढी भएका कारण कम्पनीहरुले महिलालाई बढी प्राथमिकतामा राखेको उनको भनाई छ ।

महिलाहरुले बीमालाई आम्दानीको स्रोतको एक पाटो बनाएका छन्। बिहान साँझ चुलो चौको घर धन्दासँगै परिवारको रेखदेख गर्ने समेतका काम सकाएर महिलाहरु बीमामा काम गर्न निस्कछन् । यसले गर्दा महिलामा आत्मनिर्भर बन्न र बीमा विस्तारमा सहयोग समेत पुग्ने गरेको युनियन लाइफ इन्स्योरेन्स बागमती प्रदेशका उपप्रमुख इन्द्रराज सुवेदी बताउँछन् ।

यता, भरतपुर ६ केशरवागकी रमिला शर्मा तीन वर्षदेखि युनियन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी बेच्दै आएकी छन् । मौरीपालन र आफ्नै व्यापार व्यवसाय समेत गर्दै आएकी शर्मा आम्दानीको हिसाब हेर्दा अरु भन्दा बीमा क्षेत्रबाटै सफल भएको बताउँछिन् ।

गृहणी महिलाले घर धन्दा बाहेक अन्य काममा समय पाउँदैनन् भन्ने कुरालाई उनले चिरेकी छन् । उनी बिहान, बेलुका घरधन्दा, बालबच्चाको स्याहार सम्हार गरी पसल जान्छिन् । पसलबाटै नेपाल र नेपालबाहिर भएका आफन्त साथिभाईलाई बीमा बारे बुझाउँछिन् । दिउँसो १÷२ घण्टा फिल्डतिर निस्कन्छिन् । उनी भन्छिन्, ‘बीमाबारे पहिला आफुले राम्रोसँग बुझाउने भएका कारण बीमितलाई बीमा गराउन सहज भएको छ । यसले गर्दा जीवनयापनमा पनि फरकपन ल्याएको छ ।’

यस क्षेत्रमा सञ्चार क्षेत्रका महिलाको समेत उत्तिकै सक्रियता रहेको पत्रकार तथा आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर अजिता अधिकारी बताउँछिन् । पत्रकार अधिकारी पनि केही वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । समाचार संकलन, घर परिवार र कार्यालयको समयलाई व्यवस्थापन गरी उनले बीमा कम्पनीलाई समेत समय दिँदै आएकी छन् । उनको मेहनतप्रति आफु मात्र नभई परिवारलाई सन्तुष्टि मिलेको उनी बताउँछिन् ।

महिलाहरुले बीमालाई आम्दानीको स्रोतको एक पाटो बनाएका छन्। बिहान साँझ चुलो चौको घर धन्दासँगै परिवारको रेखदेख गर्ने समेतका काम सकाएर महिलाहरु बीमामा काम गर्न निस्कछन् । यसले गर्दा महिलामा आत्मनिर्भर बन्न र बीमा विस्तारमा सहयोग समेत पुग्ने गरेको युनियन लाइफ इन्स्योरेन्स बागमती प्रदेशका उपप्रमुख इन्द्रराज सुवेदी बताउँछन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स नारायणगढका शाखा प्रमुख तथा चितवन, नवलपुर एरिया प्रमुख कृष्ण बिलास अधिकारीका अनुसार समाजमा पनि आर्थिक कारोबारका लागि महिलाहरुलाई बढी विश्वासका कारण महिलाको सक्रियता बढेको हो । उनी भन्छन् ‘आर्थिक कारोबारका लागि महिलाहरु विश्सवनीय भएका कारण यो क्षेत्रमा महिला सहभागिता बढेको छ ।’

जिवन बीमा कम्पनी मध्ये चितवनमा रहेका पाँच वटा बीमा कम्पनीले करिब ३ हजार महिलालाई रोजगार दिएका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्समा १ हजार ४५० ज्योती लाइफ इन्स्योरेन्समा २६५ जना, मेट लाइफ इन्स्योरेन्स २९०, सिटिजन लाइफ इन्स्योरेन्समा ३५४, नेशनल लाइफ इन्स्योरेन्स ४५८ मा, आइएई लाइफ इन्स्योरेन्समा १५० र युनियन लाइफमा १ हजार ७०० को हाराहरीमा महिला अभिकर्ता रहेका छन् ।

बीमा कम्पनीहरुका अनुसार चितवनमा बीमा क्षेत्रमा काम गर्नेमध्ये ५० प्रतिशत महिला रहेका छन् । बीमा कम्पनीहरुले महिलालाई रोजगारी दिनेदेखि महत्वपूर्ण जिम्मेवारी दिने गरेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram