Listen Live: 

नारायणी नदीकिनारमा फोहोर पुरेर चितवन महोत्सव आयोजना गर्ने तयारी भएपछि वातावरण संरक्षणकर्मी निरन्तर आन्दोलनरत

Radio Chitwan
शुक्रबार, मंसिर २३, २०७९

भरतपुर । नारायणी नदीकिनारमा फोहोर पुरेर चितवन महोत्सव आयोजना गर्ने तयारी भएपछि वातावरण संरक्षणकर्मी निरन्तर आन्दोलनरत छन् । भरतपुर महानगरपालिकाको सहमतिमा महोत्सव आयोजक उद्योग वाणिज्य संघ–चितवनले नदीकिनारमा बाढीले बनाएको खाल्डोमा प्लास्टिकजन्य फोहोर हालेर जमिन सम्याएको हो ।

संरक्षणकर्मीले फोहोर निकालेर अन्यत्र लैजान भरतपुर महानगरपालिकालाई आग्रह गरेका छन् । महानगरको कार्यालयअगाडि धर्ना दिँदासमेत महानगरले फोहोर निकाल्न तत्परता नदेखाएपछि संरक्षणकर्मीले सर्वोच्च अदालतमा रिट हाल्ने प्रक्रिया सुरू गरेका छन् । नेपाल विकास समाजका कार्यक्रम संयोजक इन्जिनियर सागर कार्कीले एकरदुई दिनमा सर्वोच्चमा रिट हाल्ने तयारी भएको बताए ।

‘हामीले रिट दर्ताका लागि आवश्यक प्रमाण जुटाएका छौँ । शुक्रबार निवेदन लेखेर काठमाडौँ पठाउँछौँ । त्यहाँबाट वकिलले सर्वोच्चमा रिट दर्ता गर्नुहुन्छ’, उनले भने । आफू मुख्य निवेदक भएर रिट दर्ता गर्न लागिएको उनले बताए । उनका साथै सुवर्ण घिमिरे, सुराजन श्रेष्ठ, भोजनारायण कँडेल, नवीन थापालगायतको नाम पनि निवेदनमा समावेश गरिँदैछ ।

नदी संरक्षणको रिटलाई सर्वोच्चले उच्च प्राथमिकता दिने भएकाले सर्वोच्चले संरक्षणकर्मीको मागअनुसार नै आदेश दिनेमा उनीहरु ढुक्क छन् । ‘रिट हालेको एक हप्ताभित्रै सर्वोच्चले एउटा आदेश दिने रहेछ । उद्योग वाणिज्य संघले विज्ञसँग पनि छलफल गरिरहेको भन्ने बुझेर रिट हाल्न केही ढिलो गरेका थियौँ, तर उनीहरुको त्यो झारा टार्ने काममात्रै रहेछ’, उनले भने ।

उवासंघ चितवनले चौरमा गाडिएकाले फोहोरले पार्ने प्रभावबारे विज्ञको सुझाव लिने बताएको थियो । उवासंघ चितवनले पुष २५ गतेदेखि माघ ४ गतेसम्म १४औँ संस्करणको चितवन महोत्सव गर्दैछ । संघले महोत्सवस्थलमा बजार क्षेत्रको १५० ट्रयाक्टर फोहोर नदीकिनारमा लगेर पुरेको हो ।

उक्त घटनापछि संरक्षणकर्मीले निरन्तर विरोध जनाउँदै आएका छन् । तर, उवासंघ र महानगरले भने सुनेको नसुन्यै गरेका छन् । नदीकिनारमा गाडेको फोहोर बर्खामा बाढीले बगाएर यत्रतत्र छिरल्ने र त्यसले जलचरमा गम्भीर असर पर्ने भएकाले फोहोर निकालेर अन्यत्र लैजानुको विकल्प नरहेको संरक्षणकर्मीको माग छ ।

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram