कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नारायणी नदीकिनारमा फोहोर पुरेर चितवन महोत्सव आयोजना गर्ने तयारी भएपछि वातावरण संरक्षणकर्मी निरन्तर आन्दोलनरत

भरतपुर । नारायणी नदीकिनारमा फोहोर पुरेर चितवन महोत्सव आयोजना गर्ने तयारी भएपछि वातावरण संरक्षणकर्मी निरन्तर आन्दोलनरत छन् । भरतपुर महानगरपालिकाको सहमतिमा महोत्सव आयोजक उद्योग वाणिज्य संघ–चितवनले नदीकिनारमा बाढीले बनाएको खाल्डोमा प्लास्टिकजन्य फोहोर हालेर जमिन सम्याएको हो ।
संरक्षणकर्मीले फोहोर निकालेर अन्यत्र लैजान भरतपुर महानगरपालिकालाई आग्रह गरेका छन् । महानगरको कार्यालयअगाडि धर्ना दिँदासमेत महानगरले फोहोर निकाल्न तत्परता नदेखाएपछि संरक्षणकर्मीले सर्वोच्च अदालतमा रिट हाल्ने प्रक्रिया सुरू गरेका छन् । नेपाल विकास समाजका कार्यक्रम संयोजक इन्जिनियर सागर कार्कीले एकरदुई दिनमा सर्वोच्चमा रिट हाल्ने तयारी भएको बताए ।
‘हामीले रिट दर्ताका लागि आवश्यक प्रमाण जुटाएका छौँ । शुक्रबार निवेदन लेखेर काठमाडौँ पठाउँछौँ । त्यहाँबाट वकिलले सर्वोच्चमा रिट दर्ता गर्नुहुन्छ’, उनले भने । आफू मुख्य निवेदक भएर रिट दर्ता गर्न लागिएको उनले बताए । उनका साथै सुवर्ण घिमिरे, सुराजन श्रेष्ठ, भोजनारायण कँडेल, नवीन थापालगायतको नाम पनि निवेदनमा समावेश गरिँदैछ ।
नदी संरक्षणको रिटलाई सर्वोच्चले उच्च प्राथमिकता दिने भएकाले सर्वोच्चले संरक्षणकर्मीको मागअनुसार नै आदेश दिनेमा उनीहरु ढुक्क छन् । ‘रिट हालेको एक हप्ताभित्रै सर्वोच्चले एउटा आदेश दिने रहेछ । उद्योग वाणिज्य संघले विज्ञसँग पनि छलफल गरिरहेको भन्ने बुझेर रिट हाल्न केही ढिलो गरेका थियौँ, तर उनीहरुको त्यो झारा टार्ने काममात्रै रहेछ’, उनले भने ।
उवासंघ चितवनले चौरमा गाडिएकाले फोहोरले पार्ने प्रभावबारे विज्ञको सुझाव लिने बताएको थियो । उवासंघ चितवनले पुष २५ गतेदेखि माघ ४ गतेसम्म १४औँ संस्करणको चितवन महोत्सव गर्दैछ । संघले महोत्सवस्थलमा बजार क्षेत्रको १५० ट्रयाक्टर फोहोर नदीकिनारमा लगेर पुरेको हो ।
उक्त घटनापछि संरक्षणकर्मीले निरन्तर विरोध जनाउँदै आएका छन् । तर, उवासंघ र महानगरले भने सुनेको नसुन्यै गरेका छन् । नदीकिनारमा गाडेको फोहोर बर्खामा बाढीले बगाएर यत्रतत्र छिरल्ने र त्यसले जलचरमा गम्भीर असर पर्ने भएकाले फोहोर निकालेर अन्यत्र लैजानुको विकल्प नरहेको संरक्षणकर्मीको माग छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

