कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवनको रत्ननगरमा पालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदै

चितवन, मंसिर २२ । पूर्वी चितवनको रत्ननगरमा पालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता-२०७९ हुने भएको छ ।
रत्ननगर नगरपालिकाको आयोजनामा यही मंसिर २४ देखि पुस २ गतेसम्म चितवनमा रहेका ७ वटा पालिकाहरुको सहभागितामा फुटबल प्रतियोगिता सञ्चालन हुने बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको हो ।
खेलकुद समितिका संयोजक कृष्ण चौधरीका अनुसार प्रथम हुने टिमलाई रु १ लाख ११ हजार १ सय ११ र द्धितिय हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैँया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेल नेपाल माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । खेल हेर्न आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको चौधरीको भनाई छ ।
म्यान अफ दि म्याच हुने खेलाडीलाई रु २ हजार ५ सय र म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार ५ सय प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिताका लागि नगरपालिकाले रु ७ लाख ९८ हजार ६ सय ६६ रुपैँया बजेट बिनियोजन गरेको रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनाथ शर्माले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]