Listen Live: 

खोला थुनेर कृत्रिम ताल बनाइँदै

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

तनहुँ, फागुन २३ । तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो । कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो ।

टेण्डर प्रक्रियामार्फत गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । डिपिआरअनुसार ताल निर्माणका लागि करिब रु १३ करोड बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ ।

ताल निर्माणका लागि हालसम्म रु तीन करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारबाट रु एक करोड, चालू आर्थिक वर्षमा रु ८० लाख, आर्थिक वर्ष २०७७(७८ मा गाउँपालिकाबाट रु एक करोड र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट रु ५३ लाख बजेट विनियोजन गरिएको छ ।
चालू आवमा रु ९९ लाख ८१ हजार २५६ को काम हुनेछ । विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

“बजेट अभावका कारण चारपाँच वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ”, श्रेष्ठले भने । उनासी रोपनी क्षेत्रफलमा ताल निर्माण गर्ने योजना छ । ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु(याइएको छ । “यहाँका बासिन्दा बसाइँसराइ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुनेक्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिस फिर्ता हुने विश्वास गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष रानाले भने । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।
गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको रोपनीको रु एक लाखका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ”, उनले भने ।
घुमाउने ताल नामकरण गरिएको तालका बीचमा मन्दिर बनाउने योजना बनाइएको छ ।

“डुङ्गा चढेर तालका बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन्, उक्त ताललाई पोखराको फेवाताल जस्तै गरि विकास गरिनेछ”, अध्यक्ष रानाले भने । उनका अनुसार ताल वरपरका क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण गरिने छन् । गाउँपालिकामा प्राकृतिक पुल, तालैताल, चौबिसे राज्यअन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छन् । घिरिङकोट दरबारमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

August 13, 2024
उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा […]

August 5, 2024
कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो […]

July 30, 2024
कालिका- ८ का किशोरी र गर्भवती महिलालाई पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी सचेतना

कालिका, बैशाख २२ । चितवनको कालिका नगरपालिकाले विद्यालय बाहिर रहेका किशोरी र गर्भवती महिलाहरूलाई पोषण,  प्रजनन र  स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेको छ । कालिका नगरपालिकाको आयोजनामा कालिका वडा नं. ८ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram