Listen Live: 

टिकौलीमा जारी रत्नप्रिय फुटबल प्रतियोगितामा आयोजक रत्नप्रिय फुटबल क्लब वि विजय

Radio Chitwan
बिहिबार, मंसिर २२, २०७९

रत्ननगर, मंसिर २१ । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) भएको अन्तिम क्वाटर फाईनल खेलमा रत्न प्रिय क्लव ‘बि’ फुटबल क्लव बिजयी भएको छ । इन्द्रेणी एफ सी देबौलीलाई ३-० गोलले हराउदै रत्न प्रिय क्लव ‘बि’ सेमिफाईनल प्रवेस गरेको हो ।

हारसंगै इन्द्रेणी उपाधि होडबाट बाहिरिएको छ । रत्न प्रिय क्लवलाई सहज जित दिलाउन खेलको आठौ मिनेटमा प्रयास तमाङले गोल गरे भने खेलको १८ औँ र ५२ औँ मिनेटमा सन्दिप बिकले गोल गरि टिमलाई ३-० को अग्रता दिलाए ।

सुरुवाती समय देखिनै रत्नप्रिय बिले इन्द्रेणीलाई पूर्ण रुपमा दवाबमा राखेको थियो, ३ वटा बल गोलमा परिणत भए पनि अन्य आधा दर्जन अवसर रत्न प्रिय क्लव ‘बि’ ले गुमाएको थियो । इन्द्रेणीका खेलाडीहरु रक्षात्मक रुपमा सम्हालिने कोशिस गर्दा गर्दै रत्न प्रियको अगाडि निरिह देखिएको थियो ।

प्रतियोगितामा रत्न प्रिय ‘बि’ का खेलाडी प्रयास तमाङ म्यान अफ द म्याच घोषित भए । उनको खेल उत्कृष्ठ संगै अनुसाशित थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका मृगकुञ्ज मध्यवर्तीका प्रतिनिधी बुद्धिमान विश्वकर्माले प्रयास तमाङलाई म्यान अफ दि म्याचको ट्रफी, साथै समाजसेवी तथा खेल प्रेमी नारायण श्रेष्ठले मेडल प्रदान गरेका थिए । सोहि कार्यक्रममा बोल्दै विश्वकर्माले खेलले मानिसमा अनुशासन सिकाउने भएका कारण यस्ता खालको प्रतियोगिता भैरहनु पर्ने बताएका थिए ।

भोलि (बिहीबार) देखि सेमी फाईनल सुरुवात हुने आयोजक क्लवका अध्यक्ष बसन्त रानामगरले जानकारी दिए । भोली पहिलो सेमी फाईनलमा आयोजक रत्नप्रिय ‘ए’ र २८ बिगाहा फुटबल क्लवको भिडन्त हुनेछ भने पर्सि शुक्रबार दोश्रो सेमिफाईनलमा आयोजक रत्नप्रिय ‘बि’ र सौराहा फुटबल क्लब बीच खेल हुने रानामगरले बताए । यी दुई टिमका बिजेता बीच आगामी २५ गते आईतबार फाइनल खेल हुने उनले बताए ।

“स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर–९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैँया, द्धितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया,म्यान अफ द म्याच लगाएतका खेलाडीलाई जनही ५ हजार रुपैया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएकाे छ ।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 24, 2023
पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित

काठमाडौं, असोज ६-  नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram