Listen Live: 

रत्ननगर नगरपालिका वडा नं १२ मा रहेको चिसापानी क्षेत्रलाईत्रिवेणीधामको रुपमा विकास गर्ने

Radio Chitwan
बिहिबार, मंसिर २२, २०७९

रत्ननगर नगरपालिका वडा नं १२ मा रहेको चिसापानी क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ । धार्मिक पर्यटक भित्र्याउन सो क्षेत्रलाई त्रिवेणीधानको रुपमा विकास गर्न लागिएको हो । स्थानीय चिसापानी टोल विकास संस्थाले पञ्चकन्या भगवती शिलावय मन्दिरलाई आधार मानेर सो क्षेत्रलाई त्रिवेणीधामको रुपमा विकास गर्न लागिएको हो । बर विपलको चौतारो र आडैमा रहेको मन्दिरलाई विकास गरी भक्तजनले पुजाआजा गर्ने वाताबरण मिलाउने टोल विकास संस्थाका अध्यक्ष विकासनाथ घिमिरेले बताए । यो धार्मिक महत्व बोकेको क्षेत्र हो उनले भने यसको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । चिसापानीसंगै पञ्चकन्या सामुदायिक वन रहेको छ । वनले पर्यटन विकासको लागि पार्क समेत निर्माण गरेको छ । वनले निर्माण गरेको पार्क र चिसापानी क्षेत्रलाई आर्कषक बनाउन सके पर्यटक भित्र्याउन सकिने घिमिरेले बताए । त्रिवेणीधामको प्रचार गर्न आवश्वक छ उनले भने प्रचलित नामकै आधारमा चिसापानी क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने छ । मन्दिर व्यवस्थापन समितिले यसैसाता बरपिपलको बोटमा प्राणप्रतिष्ठा तथा मन्दिरमा शिवलिङग समेत स्थापना गरी मन्दिरको विकासको काम सुरु गरेको छ । सरकारी सहयोगमा मन्दिर परिसरमा क्रियापुत्री भवन निर्माणको योजना बनिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका घिमिरेले बताए । प्राणप्रतिष्ठा तथा शिवलिङ्ग स्थापना गर्न आयोजित कार्यक्रममा मन्दिरलाई भूमिदान तथा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । चितवन क्षेत्र नं १ का नवनिर्वाचित सांसद हरि ढकाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी,पूर्वअध्यक्ष विरबहादुर पाख्रिन, वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी, पन्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद बगाले, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाला, गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, व्यवसायी भेषराज दुवाडी, चेतनशिल आमा समुहकी अध्यक्ष अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram