कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नव निर्वाचित सांसद ढकाल र थपलियालाई स्वागत तथा सम्मान

रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगरले नवनिर्वाचित सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघले चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि ढकाल र क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद जगन्नाथ थपलियालाई स्वागत तथा सम्मान गरेको हो ।कार्यक्रममा नवनिर्वाचित सांसद हरि ढकालले जनताको आशा अपेक्षालाई पुरा गर्न सपथ ग्रहण अगावै काम सुरु गरेको बताए । उनले पुर्वी चितवनको विकासका लागि सबैसंग हातेमालो गरेर अघि बढ्ने बताए । ‘अहिले थिती र निती सही छैन, हामी थिती र निती सही बनाउन संसदमा दमदार रुपमा प्रस्तुत हुन्छौ’ ढकालले भने । उनले सरकारी स्वामित्वको कम्पनीहरुमा विलासिताको सामान खरिद रोक्दै त्यसमा खर्च गर्ने रकम अन्य आवश्यक ठाउँमा खर्च गर्न आफू लाग्ने बताए ।कार्यक्रममा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद जगन्नाथ थपलियाले पूर्वी चितवनको रत्ननगर रहेको बकुलहर अस्पताल र आयुर्वेदिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा अगाडी बढाउन पहल गर्ने बताए । उनले बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, यातायात जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी संघका पूर्व अध्यक्षहरु राजेन्द« कुमार श्रेष्ठ नारायण काजी श्रेष्ठ हरिशरण पाठक ज्ञानबहादुर बिसुराल सदस्यहरु ईश्वरी अर्याल बिरञ्जना घिमिरे महेन्द« घिमिरे लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संघका महासचिव निराजन खनालले संचालन गरेका थियो ।




चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]