कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बोस्टन कलेजमा ‘बिआइसी ह्याकाथन’

भरतपुर । बोस्टन इन्टरनेसनल कलेज भरतपुरले स्थापना गरेको बोस्टन सेन्टर फर इन्फर्मेसन एण्ड टेक्नोलोजीले ‘बिआइसी ह्याकाथन’ कार्यक्रम गर्ने भएको छ । ७२ घन्टा निरन्तर चलिरहने कार्यक्रम ह्याकाथन पुस ११ देखि १४ गतेसम्म बोस्टन इन्टरनेसनल कलेजमा हुनेछ ।
यस प्रतिस्पर्धात्मक कार्यक्रममा विद्यार्थीहरुले कुनै एउटा विषय छनौट गरी त्यसमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङमार्फत प्रस्तुत गर्नुपर्छ । यो कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्ने प्रक्रिया पनि सुरू भइसकेको छ । कार्यक्रमको दर्ता रकम प्रतिटोली ४५ सय रहेको छ ।
यस कार्यक्रममा भाग लिनका लागि कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु मात्र सहभागी हुन सक्नेछन् । सम्पूर्ण सहभागीहरुसँग मान्यताप्राप्त परिचयपत्र हुनुपर्नेछ । प्रतिटोली अधिकतम संख्या ३ हुनुपर्नेछ ।
कार्यक्रममा प्रथम हुने समूहले ३० हजार, द्वितीय हुने समूहले २० हजार र तृतीय हुने समूहले १५ हजार प्राप्त गर्नेछन् । यस्तै, सहभागी टोलीमध्ये एक उत्कृष्ट टोलीले ५ हजार प्राप्त गर्नेछ । ह्याकाथन एक सामाजिक कोडिङ कार्यक्रम हो, जसले इच्छुक व्यक्ति तथा कम्प्युटर प्रोग्रामरलाई एकसाथ ल्याएर नयाँ सफ्टवेयरको सुधार गर्ने काम गर्छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

