कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार बनेका जीवन तामाङ (लामा)ले बुधबार घोषणापत्र सार्वजनिक

चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार बनेका जीवन तामाङ (लामा)ले बुधबार घोषणापत्र सार्वजनिक गरेका छन्। सौराहाचोकमा पत्रकार सम्मेलन गरेर उनले ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्। उनको घोषणापत्रमा कृषि, पर्यटन, रोजगार, खेलकुद, स्वास्थ्य र शिक्षालगायतका विषय प्राथमिकतामा छन्। देशमा व्याप्त भ्रष्टाचार अन्त्य र वेथिति रोक्नको लागि पनि उनले संसदको बाटो रोजेको बताएका छन्। जातीय आरक्षणलाई खारेज गरी वर्गीय आरक्षणलाई मान्यता दिँदै जातीय विभेदको अन्त्य गर्न पनि आफूले पहल गर्ने नेता तामाङको भनाइ छ। औषधिजन्य सामग्री तथा औद्योगिक प्रयोजनका लागि वैधानिकता दिनेलगायतका विषयवस्तुलाई पनि समेटेका छन्। चितवन राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर र मानवबीचको द्वन्द्वलाई सदाका लागि अन्त्य गर्ने गरी दुवैतिरको सुरक्षा गर्नेसमेत उनको भनाइ छ। बेरोजगारी तथा सुकुमबासी समस्यालाई समाधान गरी उत्कृष्ट बसोबासको व्यवस्था मिलाउन पनि आफू अगाडि बढेको उनको भनाइ छ। युवाहरूलाई कम्तिमा मासिक ३० हजार रूपैयाँ र ज्यालादारीमा काम गर्नेहरूलाई दैनिक एक हजार ५०० रूपैयाँ नियमित पारिश्रमिकको व्यवस्था मिलाउन पनि स्वतन्त्र उमेदवारी दिएको उनले बताए।सेना, प्रहरी तथा सुरक्षा निकायमा कार्यरत कर्मचारीलाई मासिक ५० हजार रूपैयाँ तलब सुविधाको व्यवस्था मिलाउने र टोलटोलमा खेलाडी उत्पादन गरी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय बजारसम्म स्थापित गराउन भूमिका खेल्नेसमेत उनले बताएका छन्। आवश्यक स्थानको पहिचान गरी वडावडामा व्यवस्थित तथा गुणस्तरीय स्वास्थ्य सेवाको विकास गर्नेसमेत उनले लक्ष्य लिएका छन्।नेपाली कला, संस्कृति तथा भाषा, साहित्यलाई पनि संरक्षण गर्नु आवश्यक रहेको उनले बताए। ‘मौलिक भाषा, संस्कृति र कला, साहित्य संरक्षण हामी सबैको दायित्व हो,’ उनले भने, ‘त्यसैले यसको संरक्षणमा पनि मेरो योगदान रहनेछ।’ चितवन–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दल तथा स्वतन्त्र गरी १९ जनाको उमेदवारी परेको छ। यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता विश्व पौडेल चुनावी मैदानमा छन्। त्यतिमात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाललाई पनि बलियो उमेदवारको रूपमा हेरिएको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]