कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
‘कति सधैँ आलु र तामालाई, यसपालि त भोट मिलन लामालाई’ भन्दै चुनावी अभियानमा

Radio Chitwan
बुधबार, कार्तिक २३, २०७९
भरतपुर । कुनै समय ‘घरमा पराल बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो’ बोलको गीतले खुबै चर्चा पायो। मिलन लामा, विरू लामा, शान्तिश्री परियार र सम्झना लामिछाने मगरको संयुक्त आवाजमा रकर्ड भएको यही गीतले शान्तिश्री परियारलाई स्थापित गायिका बनाइदियो।
यही गीतका गायक एवम् सर्जक मिलन लामा अहिले यही भाकामा ‘कति सधैँ आलु र तामालाई, यसपालि त भोट मिलन लामालाई’ भन्दै चुनावी अभियानमा दौडिएका छन्। लोकसंगीतबाटै आफ्नो छवि फराकिलो बनाएका गायक लामा समाज परिवर्तनको लागि भन्दै पहिलोपटक निर्वाचनमा होमिएका हुन्।
लोक तथा दोहोरी गीत संगीत क्षेत्रको साझा संस्था राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानमा कुनै समय कार्यसमिति सदस्य थिए। तर, उक्त संस्थामा सदस्य बन्दा आफू कुनै पनि दलप्रतिको आस्था र झुकावबाट गएका थिएनन्। विशुद्ध स्वतन्त्र कलाकारको रूपमा उपस्थित भए। फलस्वरूप आज उनै गायक लामा प्रतिनिधिसभा सदस्य पदमा उमेदवार बन्दा पनि कुनै दल नसमातिकन स्वतन्त्र उमेदवारको रूपमा उभिएका छन्।
राप्ती, खैरहनी र रत्ननगर गरी तीन वटा नगरपालिका समेटिएको चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा गएर यी तीनै पालिकाको भुइँमान्छेका समस्या समाधानको लागि काम गर्ने योजनासहित उनी निर्वाचनमा होमिएका हुन्। यी तीनै पालिकामा थारू समुदायको बसोबास बाक्लै छ। उनी थारू बस्तीमा पुग्दा थारू भाषामै गीत गाउँदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।
तामाङ बस्तीमा पुग्दा तामाङ भाषा र चेपाङ बस्तीमा पुग्दा चेपाङकै भाषामा गीत गाउँदै मत मागिरहेका छन्। चोक चौतारामा भेटिने मतदातालाई पनि ‘मतदाताले हेर्नुस् त यता, कति सधैँ उही पार्टी उही नेता’ भन्दै मन जितिरहेका छन्। पुरानो पुस्ता र दलले चाहेर पनि काम गर्न नसक्दा आफूजस्ता स्वतन्त्र उमेदवारहरूको जन्म भएको उनी बताउँछन्।
कलाकारितासँगै सामाजिक क्षेत्रमा अगाडि बढिरहेका लामा रत्ननगर–९ मोहनाका स्थायी वासिन्दा हुन्। त्यसैले गायक लामालाई चितवन–१ को भूगोलबारे कुनाकाप्चा सबै थाह छ। कलाकारितामा आफ्नो परिचय देशदेखि विदेशसम्म फराकिलो बनाउन सफल लामाले सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर काम गर्दै आएका छन्।
त्यसैले दुई दशकभन्दा लामो समयसम्म नेपाली सांगीतिक क्षेत्रमा दिएको योगदान र त्यसबाटै देश–विदेश घुमेर बटुलेको अनुभवकै आधारमा आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ भनेर चुनावी मैदानमा होमिएका उनी बताउँछन्। नेकपा एमालेका सुरेन्द्र पाण्डे, पाँच दलीय गठबन्धनबाट डा विश्व पौडेलजस्ता अर्थशास्त्रीहरू उमेदवार बनेको ठाउँमा उनी आफू पनि जित्न सकिन्छ भन्ने विश्वासका साथ चुनावी मैदानमा होमिएका छन्।
तर दल र नेताभन्दा भिन्न सोच र योजनासहित चुनावी मैदानमा आएको हुँदा मंसिर ४ मा पर्ने पानी आफ्नै बाटामा पर्ने उनको दाबी छ।
आन्य समाचारहरु:-
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर १२ मा नकआउट फुटबल सुरु
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]