कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपाली कांग्रेसबाट चितवनका चार नेतालाई कांग्रेसले पाँच वर्षका लागि साधारण सदस्यतासमेत नरहने गरी निस्कासित

भरतपुर । नेपाली कांग्रेसले पार्टीको निर्णयविपरीत बागी उमेदवार बनेका र प्रस्तावक तथा समर्थक भएका ७६ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
नेपाली कांग्रेसबाट चितवनका चार नेतालाई कांग्रेसले पाँच वर्षका लागि साधारण सदस्यतासमेत नरहने गरी निस्कासित गरेको जनाएको छ ।
कारबाहीमा पर्नेमा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन क्षेत्र नं ३ का क्षेत्रीय प्रतिनिधि तारा पौडेल, चितवन क्षेत्र नं १ प्रदेशसभा १ (क) का बागी उमेदवार धनबहादुर गुरुङ र चितवन क्षेत्र नं १ प्रदेशसभा १ (ख) का बागी उमेदवार राममणि न्यौपाने रहेका छन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
ती नेता कार्यकर्तालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

