Listen Live: 

मतदाता सग मत माग्दै गुनासो सुन्दै जोशी

Radio Chitwan
सोमवार, कार्तिक २१, २०७९

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार उत्तम जोशी फरक ढङ्गबाट प्रस्तुत भइरहेका छन् । उनी आफ्नो पक्षमा मत माग्नुका साथै मतदाताको समस्या र गुनासो सुन्न व्यस्त छन् । उनी हरेक मतदाताको घरमा पुगेर गुनासो र समस्या सुनिरहेका छन् । मतदाताहरुले पनि अघिल्लो पटक चुनेर पठाएका जन प्रतिनिधिबाट अपेक्षा अनुसारको काम नभएको गुनासो गरिरहेका छन् । चुनावको समयमा जनताको घर दैलोमा पुगेर मत माग्ने मात्रै नभई उनीहरुको समस्या र गुनासो पनि सुन्नु पर्ने जोशी बताउँछन् । ’चुनावमा भोट् माग्न गएर मात्रै हुँदैन । मतदाताको समस्या र गुनासो पनि सुन्नुपर्छ’, जोशी भन्छन्, ’अहिले समस्याहरु सुनिरहेको छु । निर्वाचित भएर गएपछि समाधानतर्फ अघि बढ्छु । म मत मात्रै होइन जनताको मन पनि जित्छ चाहन्छु ।’ घर दैलोको क्रममा जनताबाट नीतिगत भ्रष्टचारको गुनासो बढी आउने गरेको उनी बताउँछन् । चुनाव जित्न घर घर पुग्ने नेताहरु निर्वाचनपछि गायब हुने गरेको भनी गुनासो पनि मतदाताबाट उत्तिकै आउने गरेको उनी सुनाउँछन् । उनका अनुसार सुशासन, बेरोजगारीको गुनासो पनि जनताले उत्तिकै सुनाउने गरेका छ्न् । जोशीसँग मतदाताले भरतपुर १०, ११ र १२ का जनताले डुबानको समस्या बारे गुनासो बढी गरेका छन् । जनताले व्यवस्थित साइकल लेनसहितको सडक पनि चाहेको उनी बताउँछन् । यी समस्याहरु समाधानका लागि पहल गर्ने उनको भनाइ थियो । यी बिषयहरु मध्ये अधिकांश आफ्नो प्रतिवद्धता पत्रमा समेटिएको उनी बताउँछन् । जनताले भोगिरहेको समस्या समाधानका लागि कदापी पछि नहट्ने उनको प्रतिवद्धता छ । आफू काम गर्नका लागि नै निर्वाचनमा होमिएकोले जनतासँग गरेको प्रतिवद्धता पुरा गरेरै छाड्ने उनी बताउँछन् । यसैबीच चितवन २ लाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने आफ्नो योजना रहेको उनले बताएका छन् । सौराहा, गोलाघाट लगायातका क्षेत्रमा जाने पर्यटकलाई चितवन २ मा पनि आउने बातावरण बनाउन पर्यटकीय सम्भावना बोकेका क्षेत्रको बिकासका लागि योजना अघि सार्ने उनले बताए । राइनो ताल, जलदेवी सामुदायिक वनलगायत अन्य पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर पर्यटकीय गतिविधि बढाउने सकिने उनको भनाइ छ । नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram