चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
नेपाल भनेपछि हुरुक्कै बलिउड अभिनेता अमिताभ बच्चन बच्चनले सुटिङ सेटमा लगाए नेपाली ढाकाटोपी

काठमाडौं, फागुन २३ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल भनेपछि हुरुक्कै हुन्छन् । नेपालप्रति उनको सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए ।
अमिताभका पिता हरिवंश राय बच्चन कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए । बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभमा नेपालप्रति विशेष लगाव छ ।
गएराति अमिताभले इन्स्टाग्राममा नेपाली ढाकाटोपी लगाएको तस्वीर सेयर गर्दै नेपाली प्रशंसकको मन जित्ने प्रयास गरेका छन् । ‘केटीको केटीको’ क्याप्सनसहित उनले नृत्य गर्न लागेको तस्वीर सेयर गरेका हुन् ।
अहिले नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । स्वास्थ्य अवस्थाको कारण नेपाल आउन नसकेपनि उत्तराखण्डमा चाहिं अमिताभ पुगेका हुन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी लगायतको समेत अभिनय छ । तर तस्वीरमा चाहिं अमिताभले फिल्मबारे खुलाएका छैनन् ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]