कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रदेशको नेतृत्व गर्नेगरी उम्मेदवार बनेको हुँः देवी ज्ञवाली

चितवन, २० कात्तिक
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताउनुभएको छ । आज (आइतबार) भरतपुरमा आयोजित घरदैलोका क्रममा उहाँले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताउनुभयो ।
निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उहाँले बताउनुभयो । ‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो’, उहाँले भन्नुभयो, ‘उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरेँ, यही क्षेत्रका जनताको सेवामा आफ्नो जिवन समर्पित गर्न चाहान्छु ।’ उहाँले भरतपुरको व्यवस्थित विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले विशेष महत्व दिने उल्लेख गर्नुभयो ।
ज्ञवालीले भरतपुरका धार्मिक र पर्यटकीय क्षेत्रको एकीकृत रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू सुकुमबासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा ९० प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । ‘मैले आयोगको अध्यक्ष हुँदा देशभरको समस्या समाधान गर्नेगरी काम गरेको थिएँ, सबै प्रकृया सकेर पुर्जा बाँड्ने बेलामा मलाई अध्यक्षबाट हटाइयो’, उहाँले भन्नुभयो ।
सुकुमबासी समस्या समाधानका लागि बाँकी काम पूरा गर्नका लागि पनि एमालेको सरकार आउनुपर्ने नेता ज्ञवालीले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पनि सुकुमबासीको समस्या धेरै रहेको भन्दै त्यसलाई समाधान गर्नका लागि निरन्तर काम गर्ने बताउनुभयो । मुग्लिन–नारायणगढ सडकको विकल्पमा शक्तिखोर–माझिमटार सुरुङमार्ग निर्माण गर्नुपर्ने भन्दै उहाँले सिँचाइ र जलविद्युत्सहितको सुरुङमार्ग निर्माण गर्न सके चितवनको विकासमा कायापलट हुने धारणा राख्नुभयो ।
चितवनमा सिँचाइको समस्या समाधानका लागि पनि यो अयोजना आवश्यक रहेको उहाँको भनाइ छ । ज्ञावाली चितवन–२ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णभक्त पोखरेलसहित घरदैलो गरिरहनुभएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]