Listen Live: 

चितवनमा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

चितवन, फागुन २३ । चितवनमा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् ।प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनको कालिका नगरपालिका–५ पदमपुरका अन्दाजी १८ वर्षीय वरुण महतो, सोही ठाउँका २६ वर्षीय मनोज दमै र कालिका–७ का ३३ वर्षीय काञ्जालाल भन्ने बाङदोर्जे लामालाई फागुन १९ पक्राउ गरेको हो ।

गएको १२ गते लंकलाइनमा पार्किङ गरिराखेको ग ७ प ८०७९ नं।को डिस्कभर मोटरसाइकल र ना ४० प ८८९७ नं. को होण्डा कम्पनीको स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्कुटरसहित चोरीमा संलग्नलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आन्य समाचारहरु:-
June 22, 2024
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ […]

June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram