काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखाको शिरमा ढाका टोपी

मोरङ ९ ,बेलबारी । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् ।
आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।
उनले भने ुम आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिएको छु ।ु
उनले पार्टीको विचारधारा सही भए पनि नेतृत्व गलत भएका कारण पार्टी नै बदनाम हुनुपरेको जिकिर गरेका छन् । उनले अब आउने निर्वाचनबाट मतदाताले सक्षम नेतृत्व चुन्नु पर्ने बताएका छन् ।
चेम्जोङले भने ुसैद्धान्तिक विकृतिका कारणले राष्ट्र नरहने भएकाले हाम्रो मतलाई परिवर्तन गर्नु पर्छ भन्ने पक्षमा बोलेको हुँ । रेखा बहिनीले नभ्याएको ठाउँमा अब हामी पुग्छौँ । पार्टी जोगाएर मात्रै नहुने रहेछ भन्ने मेरो बुझाई छ ।ु
सुरुवाती अवस्थामा रेखा थापा कमजोर उम्मेदवारको रूपमा हेरिए पनि उनको निरन्तर चलिरहेको घरदैलो र मतदातामा देखिएको उत्साहका कारण उनलाई बलियो प्रतिस्पर्धीको रूपमा बुझ्न थालिएको छ । थापा यति बेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा पुग्ने र मतदातासँग दोहोरो संवाद तथा छलफल गर्दै आएकी छन् ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]