सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
नागढुङ्गा नौबिसे सुरूङमार्गको अवलोकनमा ने.क.पा एमालेका अध्यक्ष के.पी ओली

काठमाडौं,कात्तिक २०-
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरूङमार्गको अवलोकन गरेका छन्। आइतबार ओलीले नौबीसे तर्फबाट निर्माण भइरहेको सुरूङको भ्रमण अवलोकन गरेका हुन्।
बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो। शिलान्यासको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम सुरु भएको थियो।
सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट शुरु भई त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बु नजिकै जोडिनेछ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाबीच सन् २०१६ मा सुरुङमार्ग निर्माणको सम्झौता भएको थियो। आयोजनाको लागत २२ अर्ब अनुमान गरिएको छ।
सुरुङमार्गमा ७ वटा पुल, ११ वटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, छुट्टै विद्युत् लाइन र २ वटा फ्लाइओभर ब्रिज बन्ने सम्झौतामा उल्लेख छ। भ्रमण अवलोकनका क्रममा अध्यक्ष ओलीले कामको जानकारी लिनुका साथै सामूहिक तस्वीरसमेत खिचाए।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]