Listen Live: 

चितवनमा आइपुग्यो सबै मतपत्रसहितका निर्वाचन सामग्री

Radio Chitwan
आइतवार, कार्तिक २०, २०७९

चितवन, कात्तिक २०–

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपत्रलगायतका निर्वाचनमा आवश्यक सबै सामग्री चितवनमा आइपुगेको छ ।

प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । ‘सबै प्रकारका मत्र शनिबार नै चितवन आइपुगेको छ, निर्वाचनका लागि चाहिने अन्य आवश्यक सामग्री पनि आइसकेको छ, हामी व्यवस्थापनको काम गरिरहेका छौं’–कार्कीले भने ।

चितवनमा कुल ४ लाख ८ हजार मतदाता रहेका छन् । जसमा १० प्रतिशत थप गरेर मतपत्र आइपुगेको कार्कीले बताए । जिल्लामा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ गरि ९ वटा निर्वाचन क्षेत्र छन् ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 25, 2023
हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram