Listen Live: 

बैँकहरुले मनपरी व्याजदर बढाएको भन्दै चितवनका उद्योगी तथा व्यवसायीहरु आन्दोलित

Radio Chitwan
शनिबार, कार्तिक १९, २०७९

बैँकहरुले मनपरी व्याजदर बढाएको भन्दै चितवनका उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका छन् ।

व्यवसायीहरुले सामाजिक सञ्जालमा स्टाटस नै लेखेर बैँकहरु विरुद्ध सडकमा आउने चेतावनी दिएका हुन् । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बैँक तथा बित्तिय संस्थाको चरम बेथितिविरुद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरु सडकमा निस्कनुपर्ने भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ बैँकले नागरिकलाई सेवा दिने हो । मनपरी ब्जायदर बढाउन पाइँदैन । साढे १० प्रतिशत भन्दा बढी लिन नपाइनेमा बढाएर १८ प्रतिशतसम्म पु¥याएका छन् । यसबाट व्यवसायीहरु अप्ठ्यारोमा परेका छन् । ’ उहाँले मनपरी ब्जायदर बढाउँदा व्यवसायीहरुले किस्ता तिर्न पनि कठिन भएको बताउनुभयो ।

यस विषयमा चितवनमा व्यवसायीहरु बैँकहरुप्रति आक्रोशित भएपछि उद्योग वाणिज्य संघ चितवनले पनि विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । काठमाडौँमा भएको विरोधको कार्यक्रममा सहभागी हुन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ काठमाडौँमा हुनुहुन्छ । उद्योग वाणिज्य संघ चितवनले पनि भोलि आइबारबाट लागू हुने गरी बैकर्सहरुसँग छलफल, पत्रकार सम्मेलन, विरोध र्‍याली जस्ता कार्यक्रम तय गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ यस विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण नभए संघले कडा विरोध प्रदर्शनका कार्यक्रम पनि तय गर्न सक्नेछ ।’

बैँकले निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने चितवनका व्यवसायीहरुले बताउँदै आएका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाए । केही बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतको सीमालाई समेत उल्लंघन गर्दै निक्षेपको ब्याजदर १५ प्रतिशतसम्म पुर्याए । अर्काेतिर बैँकबाट लिएको कर्जा तुरुन्त तिर्न चितवनका बैँकहरुले ताकेता गर्न थालेपछि व्यवसायीहरु झनै समस्यामा परे । बैँकहरुले कर्जा तुरुन्त तिर्न भन्दै धम्की दिन थालेको व्यवसायीहरुको गुनासो छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram