कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आफू बोल्न नभई काम गर्नका लागि चुनावमा होमिएको उत्तम जोशीको भनाई

चितवन, कात्तिक १९-
चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार उत्तम जोशीले जनताको विश्वास टुट्न नदिने बताएका छन् । हिजो भरतपुर महानगरपालिका ५ मा घरदैलो अभियानका क्रममा गठबन्धनका साझा उम्मेदवार जोशीले कुनै पनि बाहानामा जनताको विश्वास टुट्न नदिने बताएका हुन् । उनले आफू बोल्न नभई काम गर्नका लागि चुनावमा होमिएको बताए ।
जोशीले आफूले इमान्दारिताका साथ बिकासको काममा खटिनेमा ढुक्क हुन आफ्ना मतदाताहरुलाई आग्रह गरे । आर्थिक चलखेलसँग जनताको विश्वास नसाट्ने उनको भनाइ थियो । मैले इमान्दारिता र निष्टा बेच्न जानेको छैन । ढुक्क हुनुहोस् जनताले मन र मतले गरेको विश्वासलाई आर्थिक चलखेलसँग सौदा गर्दिनु, जोशीले भने ।
उनले कुनै पनि बाहानाबाजी गरेर बिकास निर्माणका कामबाट आफू नभाग्ने बताए । अब बिकासमा कुनै बाहानाबाजी नचल्ने उनको तर्क थियो । देशमा धेरै राजनीतिक परिवर्तन भएको भन्दै अब जनताको मुहारमा बिकासको खुशी छर्ने उनले प्रतिवद्धता जनाए ।
अब बाहानाबाजी चल्दैन । यो वा त्यो बाहानामा बिकास निर्माणको कामबाट भाग्न मिल्दैनु, जोशीले भने । उनले गठबन्धनका सबै उम्मेदवारहरुलाई मन र मत दिएर जिताउन आग्रह पनि गरे ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]