Listen Live: 

स्वतन्त्र उम्मेदवार उत्सव धमलाले डा.पौडेललाई समर्थन गर्ने घोषणा

Radio Chitwan
शनिबार, कार्तिक १९, २०७९

चितवन, कात्तिक १९–

गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार डा.विश्वनाथ पौडेललाई समर्थन गर्नेहरु बढ्न थालेका छन् । शुक्रबार नै दुई जना स्वतन्त्र उम्मेदवारले डा.पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गरेका छन् ।

शुक्रबार साँझ ‘कलधारा’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार उत्सव धमलाले पनि डा.पौडेललाई समर्थन गर्ने घोषणा गरेका छन् । एक विज्ञप्ती जारी गर्दै धमलाले जिल्लाको विकास र समृद्धिका लागि डा.विश्वनाथ पौडेलको जित अपरिहार्य रहेकाले उहाँलाई समर्थन गरिएको जनाएका छन् ।

उनको विज्ञप्तीमा भनिएको छ–‘आगामी मङ्सिर ४ गते सम्पन्न हुनगइरहेको प्रतिनिधि सभा निर्वाचन २०७९ मा मैले क्षेत्र नं. १ चितवनबाट कलधारा चुनाव चिन्हमा स्वतन्त्र रूपमा आफ्नो उम्मेदवार दर्ता गराएकोमा गठबन्धनका साझा उम्मेदवारको रूपमा नेपाली काङ्ग्रेस को तर्फबाट प्रस्तुत हुनुभएका अर्थबिद डा. विश्वनाथ पौडेल सङको भेटघाट, अन्तरक्रिया तथा छलफलबाट अब यस् क्षेत्र तथा समग्र जिल्लाको बिकाश र समृद्धिको लागि डा. विश्व पौडेलको अपरिहार्यता महसुस गरी उँहालाई मेरोतर्फबाट पूर्ण समर्थन जनाउँदै मेरो सम्पुर्ण सहयोगी तथा शुभचिन्तकहरुमा डा. बिश्वनाथ पौडेललाइ अत्यधिक मतका साथ बिजय गराउने अभियानमा जुट्न अनुरोध गर्दै आजको मिति देखिनै आफ्नो उम्मेदवारी निष्क्रिय गरिएको ब्यहोरा सम्पुर्णमा सादर अनुरोध गर्दछु ।’

यसअघि शुक्रबार नै स्वतन्त्र उम्मेदवार ओमकृष्ण थपलियाले डा.पौडेललाई समर्थन गर्ने घोषणा गरेका थिए । उनले खैरहनीमा एक भव्य कार्यक्रम नै गरेर आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गर्दै डा.पौडेललाई समर्थन रहेको र जित सुनिश्चित गराउन सबैमा अनुरोध गरेका थिए ।

उम्मेदवार डा.पौडेलले दुई युवा उम्मेदवारहरुको समर्थनले आफू खुशी भएको प्रतिक्रिया दिए । उनले दुई उम्मेदवारको त्यागप्रति प्रशंसा गर्दै पूर्वीचितवनको विकासमा संगसंगै हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram