सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला शूरु

चितवन, कात्तिक १८ । चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । पुर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर-८ चित्रसारी, खैरहनीको मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो ।
मेलाको प्रमुख आकर्षण उखु र सखरखण्ड रहेको चित्रसेन बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष जलराम महतोले जानकारी दिए । मेलामा सबैभन्दा धेरै उखु र सखरखण्डको बिक्री हुने गरेको उनले बताए ।
विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा मेला लाग्ने गर्दछ । यो चितवनकै सबैभन्दा पुरानो र एतिहासिक मेला पनि हो । मेला २५० वटा स्टल रहने समितिका अध्यक्ष महतोले जानकारी दिए । सो मेलाको प्रमुख आर्कषणको रुपमा उखु र राउण्ड बत्तीलाई लिने गरिएको छ । सो मेलामा व्यवसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरु रहने छन् ।
मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ । मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिदै आएको छ ।
यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको चित्रसारीमा चितवन जिल्लाकै सबैभन्दा पुरानो चित्रसेन बाबाको मन्दिरमा एकादशीको दिन पूजा गर्ने भक्तजनहरुको भिड लाग्ने गर्छ । चितोनिया थारु समुदायले चित्रसेन बाबालाई श्रद्धापूर्वक पूजाआजा गर्ने गर्दछन् ।
चित्रसेन बाबाको थानमा हरिबोधनी एकादशीको मेला किन र कहिले देखि शुरु भएको हो । त्यसको आधिकारिक जानकारी हालसम्म हुन सकेको छैन । यसको लागि अनुसन्धानको खाँचो छ । सबै समुदायको आस्थाको केन्द्र चित्रसेन बाबाको थानको प्राङ्गणमा बर्षेनी कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन मेला लागि श्रद्धापूर्वक पूजाआजा गर्न हजारौ श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।
यस्तै खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ । थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर) मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ ।
हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]