कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको रत्ननगरमा सत्ता गठबन्धनले घरदैलो सुरु

रत्ननगर । चितवनको रत्ननगरमा सत्ता गठबन्धनले घरदैलो सुरु गरेको छ । वडा नं ३ मा रहेको गणेश मन्दिरमा पुजा गरेर गठबन्धनले रत्ननगरमा औपचारिक रुपमा घरदैलो सुरु गरेको हो ।
गठबन्धनका दुई उम्मेदवारहरुले विहीवार वडा नं १,२,३ र ४ मा घरदैलो तथा कोणसभा गरी भोट मागेका छन् । गठबन्धनले शान्तिचोक र टाँडीचोकमा कोण सभा समेत गरेका छन् । निर्वाचन समुखमा रहेका कारण सबैको घरघरमा पुग्न सक्ने अबस्था नरहेपछि गठबन्धनले चोकचोकमा कोण सभा गर्ने र मतदाताहरुलाई समुहगत रुपमा भेटघाट गर्ने रणनीति लिएको बुझिएको छ ।
दुई वटा चोकमा भएको कोण सभामा नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.विश्व पौडेल र एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले सम्बोधन गरेका छन् । सो अबसरमा अर्थशात्री समेत रहेका पौडेलले अहिलेको निर्वाचन गठबन्धनले जित्नै पर्ने बताए । संविधान रक्षाको लागि पनि निर्वाचन जित्नु पर्छ उनले भने यो सम्भव पनि छ । उनले पूर्वी चितवनको चौतर्फी विकासको लागि आफु चुनावी मैदानमा आएको बताए ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खनालले अहिलेको निर्वाचन प्रतिगमनलाई परास्त गर्ने दरिलो माध्यमका रुपमा लिएको बताए । विकास निर्माणसंगै अघिल्लो सरकारले गरेका गतल क्रियाकलापलाई जनताको माझमा लैजानु पर्ने बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]