Listen Live: 

कार्यसम्पादन मूल्याङ्कनमा चितवनका राप्ती पहिलो देखिदा रत्ननगर नगरपालिका सबै भन्दा कमजोर

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

चितवन, फागुन २३ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा चितवनको राप्ती नगरपालिका पहिलो पहिलो भएको छ । आयोगले गत बुधवार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यङ्कनमा प्रतिवेदनमा चितवनका सात स्थानीय तहमध्ये राप्तीले सबै भन्दा बढी अंक पाएको हो । प्रतिवेदन अनुसार पहिलो नम्बरमा रहेको राप्तीले ६६.२८ प्रतिशत अंक पाएको छ ।

कार्यसम्पादन मूल्यङ्कनमा राप्ती पहिलो देखिदा रत्ननगर नगरपालिका सबै भन्दा कमजोर देखिएको छ । रत्ननगरले सबै भन्दा कम ४८.०९ अंक प्राप्त गरेको छ । यस्तै कालिका नगरपालिका कार्यसम्पादनमा दोस्रो स्थानमा छ । कालिकाले ८९.२८ प्रतिशत अंक पाएको छ ।

तेस्रो स्थानमा रहेको खैरहनीले ५६.३७, चौथोमा रहेको माडीले ५५.८८ तथा पाँचौमा रहेको इच्छाकामना गाउँपालिका ५४.३७ प्रतिशत अंक पाएको छ । पुछारबाट दोस्रो स्थानमा रहेको भरतपुरले कार्यसम्पादनमा ५१.०८ अंक पाएको छ । भरतपुर महानगर नै कार्यसम्पादनमा कमजोर देखिको छ । सबै भन्दा कम अंक पाएको रत्ननगर पुछारमा छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले कार्य सम्पादन मूल्याङ्कनको प्राप्ताङ्क र तथ्याङ्क सबै स्थानीय तहलाई पठाइसकेको छ । प्राप्त अंक र तथ्याङ्कमा परिमार्जन हुनुपर्ने ठोस् प्रमाण भए सात दिन भित्र पुनरावलोकन गर्न निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरेनगरेकोलगायतको शिर्षकको आधारमा आयोगले अंक दिएको हो ।

यस्तै मूल्याङ्कनका लागि आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्या लगायत शीर्षकका सूचकलाई पनि आयोगले आधार बनाएको थियो ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । आगामी आर्थिक वर्ष २०७९/८० का लागि केन्द्र सरकारले उपलब्ध गराउने समानीकरण अनुदान निर्धारण गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मूल्याङ्कन गरेको हो ।

संघीय सरकारबाट पाउने समानीकरण अनुदान यही कार्य सम्पादन मूल्याङ्कनका आधारमा सिफारिस हुनेछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ को दफा ३ अनुसार संघीय सञ्चित स्थानीय सरकारलाई दिइने समानीकरण अनुदान सिफारिस गर्दा कार्य सम्पादन मूल्याङ्कन सूचकलाई हेर्ने गरिन्छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram