Listen Live: 

राष्ट्रिय फुटबल टोलिको बन्द प्रशिक्षण, ३० खेलाडीको नाम सार्वजनिक

Radio Chitwan
बिहिबार, कार्तिक १७, २०७९

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिका नवनियुक्त मुख्य प्रशिक्षक प्रवेश कटुवालले भोलि (बुधबार) बाट बन्द प्रशिक्षण शुरु गर्ने भएका छन् । त्यसका लागि कटुवालले ३० जना खेलाडीको नाम सार्वजनिक समेत गरेका छन् ।

नवनियुक्त प्रशिक्षक कटुवालले पाकिस्तानविरुद्ध हुने एक मैत्रीपूर्ण खेलका लागि बुधबारबाट बन्द प्रशिक्षण डाँकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । एन्फाले अहिलेलाई कटुवालको नियुक्ति आसन्न पाकिस्तानसँगको मैत्रीपूर्ण खेलसम्मका लागि मात्र हुने जनाएको छ ।

कटुवाललाई एन्फाले आज (मंगलबार) राष्ट्रिय टोलिको मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै उनले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलको तयारी स्वरुप जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।

नेपाल र पाकिस्तनबिचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते काठमाण्डौंको दशरथ रंगशालामा हुनेछ ।

कटुवाललाई सोमबार बसेको एन्फाको अनौपचारिक कार्यसमिति बैठकले मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनीसँगै बैठकले पनेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा, त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपाने र अब्दुल्लाह अल्मुताइरीको कार्यकालमा सहायक प्रशिक्षकको रुपमा रहेको किरण श्रेष्ठ समेतको नाममा छलफल गरेको थियो ।

कटुवालको नेतृत्वमा मच्छिन्द्रले २०१९–२० र २०२१–२२ को गरी लगातार दुई पटक शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । उनकै नेतृत्वमा मच्छिन्द्रले सन् २०२२ मा एएफसी कपको छनौट चरण समेत खेलेको थियो ।

नेपालले कार्तिक ३० गते काठमाण्डौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ । पाकिस्तानले एन्फासमक्ष दुई खेलको लागि प्रस्ताव गरेपनि फिफा म्याच डे कार्तिक २० देखि ६ गतेसम्म रहेको तर नेपालमा चुनाव हुन लागेकोले एउटा मात्र मैत्रीपूर्ण खेल सम्भव भएको हो ।

नेपालले गत महिना बंगलादेशसँग घरेलु मैदानमा एक मैत्रीपूर्ण खेल खेलेको थियो जसमा ३–१ गोल अन्तरको जित निकालेको थियो । उक्त जितमा नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गोल गरेका थिए ।

बन्द प्रशिक्षणमा बोलाइएको ३० खेलाडीको सूचीः
किरण चेम्जोङ्ग (गोलकिपर), विकेश कुथु (गोलकिपर) दीप कार्की ( गोलकिपर) ), विशाल श्रेष्ठ ( गोलकिपर) विकास खवास, विकास तामाङ्ग, सेसेहाङ्ग आङ्गदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ्ग, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ्ग, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ्ग, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ्ग, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, सन्जोग घलान , निशान खड्का ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram