Listen Live: 

राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन क्षेत्र न. १ को घरदैलो क्रमशः रत्ननगर १५,१६ र १४ मा

Radio Chitwan
बिहिबार, कार्तिक १७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन क्षेत्र न. १ ले आज आफ्नो र्याली सहितको घरदैलो तथा कोणसभाका कार्यक्रम बिहान ९ बजेबाट शुरु गरेको छ। रा. स्व. पा. का चितवन क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार समेत रहेका हरि ढकालको आफ्नै निवासबाट स्वस्ती बाचन सहित साइत गरेर शुरु गरिएको घर दैलो कार्यक्रम शुरुमा वार्ड न. १५ मा केन्द्रित रहने र त्यसपछी क्रमशः वडा न. १६ र १४ मा अघि बढिने कुरा ढकालको सचिबालयले जानकारी गराएको छ।

आजको कार्यक्रममा घरदैलो संग संगै विभिन्न चोक चोकमा कोणसभा समेत गरेर सन्चालन गरिन्र कुरा सचिबालयले जानकारी दिएको छ। भर्खरै जन्मेको नयाँ पार्टी भए पनि घरदैलो कार्यक्रमको लागि स्वतः स्फूर्त रुपमा सयौंको संख्यामा मानिसहरुको उपस्थिति रहेको छ। ढकाल स्वयमले पनि आफ्नो फेसबुक मार्फत इच्छुक ब्यक्तिहरुलाई कार्यक्रममा सहभागी हुन अपिल पनि गर्नुभएको छ।

आन्य समाचारहरु:-
December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

December 4, 2023

रत्ननगरमा पालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलाे खेलमा आयाेजक रत्ननगर विजयी भएकाे छ । राप्ती नगरपालिकालाई २-० गाेल अन्तरले पराजित गर्दै रत्ननगर विजयी भएको हो ।

December 4, 2023
साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै

रत्ननगर, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram