कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गदै रत्ननगर नगरपालिका

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले विपन्न नगरबासीको जीवन रक्षाका लागि दुई महत्वपूर्ण कार्यक्रम कार्यान्वयनको अन्तिम तयारी गरेको छ ।
नगर भित्रका विपन्न समुदायका नागरिकको निशुल्क स्वास्थ्य बिमा र स्वास्थ्य उपचार कोष स्थापना गरी कार्यान्वयको अन्तिम तयारी गरेको हो । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले सपथग्रहण गरेलगतै विपन्न समुदायका परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका थिए ।
सो नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यविधि र विपन्न नागरिकलाई निःशुल्क उपचार कोष कार्यविधि निर्माण गरी कार्यपालिकाबाट पारित गरिएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिए । नगर भित्रका ३ हजार २०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गरिने छ । स्वास्थ्य बिमाको लागि नगरपालिकाले करिब १ करोड रुपैया विनियोजन गरेको मेयर सापकोटाले बताए ।
३ हजार २०० परिवारका लागि प्रतिपरिवार ३ हजारका दरले करिब एक करोड लगानी हुने अनुमान गरिएको छ । स्वास्थ्य बिमाको लागि नगरपालिकाले वडा कार्यालयबाट विपन्न परिवारको नाम माग समेत गरिसकेको छ । वडाहरुबाट नामावली आउनेक्रम जारी रहेकाले आम निर्वाचन लगतै स्वास्थ्य बिमा सुरु हुने छ ।
मेयर प्रल्हाद सापकोटाले आर्थिक अभावका कारण उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न विपन्न समुदायका परिवारको निशुल्क स्वास्थ्य बिमा गर्न लागिएको बताए । कार्यपालिकाको बैठकले कार्यविधि पारित गरिसकेको छ उनले भने चुनाब लगतै बिमा गर्नेछौं । रत्ननगर अस्पताललाई पहिलो अस्पताल तोकेर बिमा गरिने छ ।
रत्ननगर अस्पतालमा स्वास्थ्य बिमा गर्ने र थप उपचार गर्नुपर्ने आवश्यकता देखिए त्यहीबाट रिफर गरेर अन्य अस्पताल जान सकिने व्यवस्था मिलाइने मेयर सापकोटाले बताए । रत्ननगर अस्पतालमा आउने विपन्न समुदायका विरामीहरु आर्थिक अभावकै कारण उपचार नगराई फर्किनु परेको अबस्थालाई मध्यनजर गरी सो नगरपालिकाले ३० लाख रुपैयाको स्वास्थ्य उपचार कोष स्थापना गरेको हो ।
सो कोष पनि चुनावपछि कार्यान्वयनमा आउने छ । कोषबाट एउटा विरामीलाई अधिकतम १० हजार रुपैया उपचारका लागि खर्च गर्ने गरी कार्यविधि तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]