Listen Live: 

चितवनमा ६महिना यता घरजग्गा कारेबार घटयो ,झण्डै आधा राजश्वमा कमि

Radio Chitwan
सोमवार, कार्तिक १४, २०७९

चितवन, कात्तिक १४-

चितवनमा ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको छ ।

गत वैशाखदेखि असोजसम्मको तथ्यांक केलाउँदा चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको हो ।

बैंकबाट कर्जा पाउन उसै त कठिन भइरहँदा पछिल्लो समय ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार शिथिल बनेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री भएको छैन । बिगतमा यसरी राखिएका घरजग्गा सजिलै बिक्री हुन्थे । त्यसबाहेक पनि घरजग्गा व्यवसायीहरुले प्लटिङ गरेका जग्गा समेत बिक्री हुन गाह्रो छ ।

ऋण गरेर घरजग्गामा लगानी गरेकाहरु बैंकको ब्याजदर तिर्नुपर्ने बाध्यताका बीच केही सस्तोमा त्यस्ता प्रोपर्टी बिक्री गरिरहेका पनि छन् । घरजग्गा किन्न खोज्नेहरु पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मुडमा छैनन् । घरजग्गाको मूल्य घट्ने आकलन उनीहरुको छ । त्यसकारण पनि खरिदकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

तरलता अभावसँगै सरकारले भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरणबिना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको संख्या घटेको मालपोत कार्यालयहरुले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र स्थानीय तहहरुलाई आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो। त्यसअघि घरजग्गामा जग्गा वर्गीकरणको असर देखिने निश्चित छ ।

घर जग्गा व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्काेतर्फ रत्ननगर र गैँडाकोटमा कित्ताकाँट खुल्दा पनि भरतपुर महानगरले खुलाउन नसक्दा व्यवसायीहरु पीडामा परेका छन् । ’ उहाँले आफूहरु पटकपटक भरतपुर महानगरपालिकामा डेलिगेसन जाँदा पनि समस्याको हल हुन नसकेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ भरतपुर महानगरपालिकामा झण्डै ५०० वटा लिखत थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको ५० हजार लिएर सिफारिस गर्ने गरेका छन् । वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि मेयर तथा उपमेयर रहेको अर्काे समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर घरजग्गा व्यवसायीलाई दुःख दिने काम भएको छ ।’ उहाँले बैँकले ऋणको व्याजदर बढाएकोले पनि व्यवसायीहरु समस्यामा परेको विचार राख्नुभयो ।

त्यसैगरी चितवनका अर्का व्यवसायी दिनेशकुमार चुके कित्ताकाँटको समस्या नसुल्झँदा समस्या आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘घरजग्गामा धेरै लगानी गरेका चितवनका व्यवसायीहरु समस्यामा परेका छन् । स्थानीय तहको निगरानीमा किनबेच हुने व्यवस्था गर्न सकेमा राम्रो हुने थियो । जनप्रतिनिधिहरुले पैसा खाएर खोलाको बगर बेच्ने परिपाटीले गर्दा नै यो समस्या आएको हो ।’ उहाँले यो समस्या सरकारले उब्जाएको समस्या भएको बताउनुभयो ।

लिखत पारित घट्दाको प्रत्यक्ष असर राजस्व संकलनमा पनि परेको छ । मालपोत कार्यालय चितवनको तथ्यांक हेर्दा चितवनमा वैशाख महिनामा एक हजार १३५ वटा लिखत पास भएकोमा असोज महिनामा ४९६ वटा लिखत पास भएका छन् । जेठ महिनामा बढेर एक हजार १७० पुगेको लिखतको संख्या असार, साउन र भदौंमा निरन्तर ओरालो लागेको हो । जुन घटेको तथ्यांक ५६.३० ले कम हो । वैशाखमा १२५ वटा पास भएको माडी मालपोतको लिखत घटेर असोजमा ५९ मा झरेको थियो भने ४५३ रहेको चनौली मालपोतको लिखत असोजमा १३५ मा झरेको थियो । पूर्वी चितवनको खैरहनी मालपोतमा पनि वैशाखमा २२८ रहेको संख्या घटेर असोजमा १३० मा घटेको तथ्यांकले देखाउँछ ।

उक्त अवधिमा चितवनमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा पनि झण्डै ५० प्रतिशत गिरावट आएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चितवनमा गत वैशाखमा १० हरोड ४५ लाख ४४ हजार १५२ रुपैयाँ राजस्व संकलन भएकोमा असोजमा घटेर ६ करोड १९ लाख १३ हजार ५८७ मात्र राजस्व संकलन भएको छ । यो संख्या ४० प्रतिशत बढीले कम हो ।

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram