कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
ओलम्पियन संगिनालाई दुवईमा सम्मान

ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुवईमा सम्मान गरिएको छ ।दुवईस्थित नुवाकोट सेवा समाज यृुएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ ।
नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर, दुवईमा समाजले सम्मान गरेको बैद्यले जनाएकी छिन् ।लोतान्त्रीक खेलकुदद्वारा खेलाडी सम्मानित नेपाल लोकतान्त्रीक खेलकुद संघले आईतबार एक कार्यक्रमकाविच नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ । संघका केन्द्रिय सविच मनिष जोशीकोसभापतित्वमा आयोजना भएको खेलाडी सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी पूर्व कानून, न्याय तथा संसदिय विकास मन्त्री एव नेपाली काँग्रेसमा गणतन्त्रका बाहक नरहरी आचार्य तथा बिशिष्ट अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं काठमाण्डौ क्षेत्र नं. ५ का प्रतिनिधी सभाका उम्मेदवार प्रदीप पौडेलले विभिन्न खेलमामा सहभागी भई पदक प्राप्त गर्ने उत्तरभेगिय खेलाडीहरुलाइ सम्मान पत्रले सम्मान गरेका हुन् ।
बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत रहेका थिए । तर कार्यक्रममा खड्काको उपस्थिती रहेको थिएन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले खेलाडीहरुले जीवनको उर्जासिल समय दिएर खेलकुदको लागि जुन मेहनत गरेका छन् त्यसले कालान्तरमा देशकै इज्जत बढाउने बताए । आचार्यले बिश्व खेलमञ्चमा राष्ट्रलाई पहिचान गराउने खेल क्षेत्रमात्र रहेको बताए । यसका लागि आगामी दिनमा नेपाली काँग्रेसले महत्वपूर्णका साथ हेर्ने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी पोडैलले आगामी दिनमा खेलाडीहरुले हाम्रो क्षेत्रबाट निर्वाचित नेतृत्व खेलकुद र विकासका अनुयायी हुन् भन्ने विचार गर्भका साथ भन्न सक्ने बातावरण आफुले बनाउने बताए ।
कार्यक्रमका सभापती एवं लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव जोशीले आफु नेपाली झण्डालाई अन्तराष्ट्रिय मञ्चमा बोकेर अगाडी बढ्ने पहिलो खेलाडी गजराज जोशीको पुत्र भएको भन्दै खेलाडीले मात्र खेलाडीको भावनालाई बुझ्ने र खेलाडीको हक हितका लागि सदा अग्रस्थानमा रहेर कार्य गर्ने बताए । उनले लोकतान्त्रीक खेलकुद संघ खेलकुदको बिकृती र बिसंगतीलाई हटाई खेलाडी, प्रशिक्षक र खेलकर्मीको हकहितका लागि खडा भएको संस्था भएकोले उक्त कार्यमा सदा अग्रसर भईरहने बताए ।
संघका बागमती प्रदेश संयोजक दीपक गुरुङ्गले खेल क्षेत्रमा देखिएका विभिन्न बिकृती र विसंगतीका बारेमा प्रकास पार्दै त्यसलाइ आगामी दिनमा आउने नेतृत्वले समाधान गनुपर्ने औलाए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नेपाली खेलकुदका युवा नेतृत्व एवं काठमाण्डौ जिल्ला खेलकुद समितिका पूर्व उपाध्यक्ष दामोदर बद्रि भट्टराईले आगामी दिनमा खेलकुद विकास र खेलाडीका हितका लागि नेतृत्वले ध्यान दिनमा आफु बिश्वस्त रहेको बताए ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]