कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं ः नेता बस्नेत

भक्तपुर, १२ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताउनुभएको छ ।
आज राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरुको निर्माण प्रकृया अगाडी बढिरहेको जानकारी गराउनुभयो । ‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन् । अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो । जनताको जीवनस्तर उच्च बनाउने हो ।’
महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरु सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलहरुको जिल्लामा व्यापकमात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उहाँले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरु अगाडी बढिसकेको दावी गर्नुभयो । जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उहाँले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरणको योजना अगाडी बढाईको जानकारी दिनुभयो । भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, कवोर्ड हल, रंगशाला लगायतका योजनाहरु पनि अगाडी बढिसकेको उहाँले बताउनुभयो ।
पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायतका क्षेत्रहरुलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरुको बौद्धिक समुदायको जिल्लाको रुपमा विकास गराउने आफ्नो योजना रहेको सुनाउनुभयो । जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उहाँले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजिको रुपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रुपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले बागमती प्रदेशका सदस्य शसी जंग थापा, एमालेका उम्मेदवार किरण थापालगायतले आ–आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा सयौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

