कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
टालटुले विकासले देश विकास हुँदैन ः विक्रम पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले टालटुले विकासले समृद्धि कल्पना पनि गर्न नहुने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ शान्तिचोकस्थित साङ्गेन छ्योइलिङ गुम्बा र साङ्गेन छ्योइलिङ आमा समूहले आयोजना गरेको अन्तरक्रियाका क्रममा नेता पाण्डेले भन्नुभयो, ‘टालटुले विकासले देशको विकास हुँदैन । देशको विकास हुनको लागि जहाँ विकासको कामै भएको छैन, त्यही ठाउँबाट सुुरू गर्नु पर्छ ।’
पश्चिम चितवनलाई अन्तर्राष्ट्रियस्तरको कृषि हब बनाउने हो भने यहाँको विकासमा लहर नै चल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पश्चिम चितवन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको कृषि हबको रूपमा विकास गर्ने हो भने विदेशिएका नेपाली युवालाई पनि फिर्ता बोलाएर रोजगार दिन सकिन्छ ।’ त्यसले समाज रूपान्तरणमा ठूलो टेवा पुुग्ने नेता पाण्डेले बताउनुभयो । चितवन देशकै मुटु भएकोले मुटुलाई स्वस्थ राख्न आफूू पुनः जनताको घरदैलोमा आएको बताउनुभयो ।
विकासमा चितवनलाई देशकै नमूना जिल्ला बनाउने योजना लिएर आफूले यसपटक पनि प्रतिनिधिसभामा उम्मेदवार बनेको बताउनुभयो । पश्चिम चितवनलाई जिल्लाको सबै क्षेत्रसँग जोड्नको लागि पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म तीन लेनको सडक निर्माण गरेर पर्यटन क्षेत्रलाई पनि थप आकर्षित बनाउन सकिने बताउनुभयो ।
‘कुनै पनि विकास निर्माणको काम गर्दा जनतालाई मर्का पर्ने गरी काम गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म पर्यटकीय सडक बनाउनको लागि तीन लेनभन्दा ठूलो बनाउनु आवश्यक छैन ।’ तीन लेनको सडक निर्माण गर्दा जनतालाई पनि सुविधा, ठाउँको पनि विकास हुने उहाँको भनाइ छ । यसअघि भरतपुर–८ सल्यानी चोकमा भएको चुनावी घरदैलोलाई सम्बोधन गर्दै उहाँले चितवन जस्तो उर्वर भूमिमा देशकै कृषि उद्यमको विकास गरेर सबै युवालाई स्वदेशमै रोजगारको व्यवस्था मिलाउने योजना बनाएको बताउनुभएको छ । यस्तै भरतपुर–८ सगरमाथा टोलमा भएको कार्यक्रममा नेता पाण्डेले संसदमा जाने बाटो खुला गरिदिन आग्रह गर्नुभएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]