Listen Live: 

चितवनका मगर विद्यार्थी द्वारा मगर विद्यार्थी अक्षयकोष स्तरोन्नति देउसीभैलो कार्यक्रम सम्पन्न

Radio Chitwan
आइतवार, कार्तिक १३, २०७९

चितवन, कात्तिक–१३

चितवनका मगर विद्यार्थीहरुले तिहारमा देउसीभैलो खेलेर चार लाख ५० हजार रुपैयाँ संकलन गरेका छन् ।

मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि शुभदिपावली (वलिहाङ पर्व) को अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो ।

नेपाल मगर विद्यार्थी संघ चितवन र नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गते देखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो । संकलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी संघमा राखिने आयोजकले जनाएको छ ।

नेपाल मगर संघ बागमती प्रदेश मुख्यसचिव एवम् मगर विद्यार्थी अक्षयकोष चितवनका सचिव मिलन थापा मगरले अक्षयकोषबाट बर्सेनि जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकाहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताउनुभयो । यसको स्तरोन्नतिले थप यस कार्यमा सहयोग मिल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘२०७५ सालमा जिल्लामा करिब पाँच लाखको अक्षयकोष स्थापना भयो । यसको ब्याजले प्रत्यक वर्ष ३४–३५ जनालाई शैक्षिक सामग्री सहयोग गर्छौ भने केहीलाई छात्रवृत्ति दिँदै आएका छौं । यसको स्तरोन्नतिले अझै सहयोग पुग्ने विश्वास छ ।’

‘सम्पूर्ण मगर विद्यार्थीहरु एक हौऔं, शैक्षिक जागरण फैलाऔं’ भन्ने मूल नाराका साथ बलीहाङ पर्व मनाइएको थियो । संस्कार संस्कृति परम्परा संरक्षण सहितअक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसीभैलो कार्यक्रममा चुट्का, कौडा, सोरठी जस्ता गीत र नृत्यमा कलाकारहरुले प्रस्तुति दिएका थिए ।

देउसीभैलो कार्यक्रम भूँयरथान मगर समाज जखडीमाई, मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर संघ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुग्लिनसहित १९ ठाउँमा गरिएको थियो ।

आन्य समाचारहरु:-
November 28, 2023
चितवन नारायणी महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

चितवन,मंसिर १२-  नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram