Listen Live: 

सांसद कृष्णभक्त पोखरेलले पाँच बर्ष कालिका नगरपालिकामा ६३ करोड ३५ लाखका ३७ योजना सम्पन्न

Radio Chitwan
आइतवार, कार्तिक १३, २०७९

चितवन  । चितवनको क्षेत्र नम्वर २ का सांसद कृष्णभक्त पोखरेलले पछिल्लो पाँच बर्षको अवधिमा कालिका नगरपालिका मात्रैं ६३ करोड ३५ लाखका ३७ योजना सम्पन्न गरेका छन् । विभिन्न कानून निर्माण महत्वपूर्ण योगदान गरेका सांसद पोखरेलले विकास निर्माणमा काममा पनि उत्तिकै प्राथमिकतामा राखेका छन्।
कालिका नगरवासीको जीवनसँगै जोडिएको कयरखोला तटवन्धनका लागि सांसद पोखरेलको पहलमा १० करोडभन्दा बढी रकम बिनियोजन भई काम भइरहेको छ ।
कालिका शक्तिखोरदेखि तीनदोभान रन्तेष चेपागङ्गमार्ग स्तरोन्नतीका लागि साइड ड्रेन निर्माणमा ५० लाख, कालिका नगरपालिकामा नै रिङ्गरोड सडक कालोपत्रे निर्माण गर्न ५ करोड ५० लाख रुपैंया खर्च भएको नगरपालिकाले जनाएको छ ।
कालिकामा पर्ने कयर पुल निर्माणको लागि ४ करोड, सिन्ती पुल निर्माण गर्न एक करोड ५० लाख, शक्तिखोरबाट तीनदोभान सिद्धी बाटो १ करोड र शक्तिखोर चेपाँग छात्रावासकालागि १ करोड रुपैँया पोखरेलको पहलमा आएको थियो ।
कालिका नगरपालिका ६ ढोकुन थर्पलिग गुम्बाका लागि ५ करोड, मजवाग माविका लागि १ करोड, कालिका ११ को वर्थिग सेन्टरको लागि १ करोड, जुटपानी खानेपानी १९ करोड रुपैँया खर्च भएको छ ।
कालिका नगरपालिका शक्तिखोर छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङ सडक निर्माणको लागि १ करोड रुपैयाँको काम गरिएको सांसद कृष्णभक्त पोखरेलले बताए । यो सडक बन्दा छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङका सयौं जनता लाभान्वित हुनेछन् । कालिका नगरपालिकाको गैंरीबारी उपरदाङगढी सडक निर्माण कार्यको लागि ३ करोड, वडा नम्वर २ र ३ को सिमाना बाटो निर्माण गर्नका लागि ३ करोड रुपैँया खर्च भएको छ ।
यसैगरी, प्रतिनिधि सभा सदस्यले वितरण गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विकासका कार्यक्रम अन्तर्गत पनि कालिका नगरपालिकामा धेरै काम भएका छन् ।
कालिका नगरपालिका वडा नम्वर ६ र रनपाको सिमाना बाटो निर्माणको लागि २५ लाख, कालिका–९मा सुलिटार कुलो निर्माणको लागि १५ लाख, कालिका–११ मा लालिवाङ खोलामा कल्भर्ट निर्माणको लागि २० लाख, कालिकामा मदन–आश्रित सामुदायिक सभागृह भवन निर्माणको लागि २० लाख रुपैयाँ बराबरको काम भएको छ ।
यसंैगरी कालिका–५ मा भिमवली बाबा मन्दिर संरुक्षण समिति थारु संग्राहालय एवम् सांस्कृति केन्द्र निर्माणमा ५० लाख रुपैयाँ बराबरको काम भएको छ । पोखरेलको पहलमा कालिका–८मा न्यूरेनी देविटार सडकस्तर उन्नतीको लागि ५० लाख, कालिका–५मा भिमोदय मा.वि. पुर्वाधार निर्माणमा १० लाख काम भएको छ ।
यसैगरी, कालिका–१मा रहेको गडुवा आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकासमा १० लाख, कालिका–२ मा रहेको साँगे कजुँवा गुम्वा निर्माणका लागि १० लाख,कालिका–३ मा बनकट्टा स्कुलदेखि पूर्व बाटो २०० मिटर पिचको लागि पोखरेलको पहलमा १० लाख खर्च भएको छ ।
कालिका–४ मा रहेको कविता न्यौपानेको घरदेखि पूर्वबाटो पिच कालोपत्रे १० लाख, कालिका–५ मा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको लागि १० लाख,कालिका–६ र ७ मा सडक नाला निर्माणका लागि २० लाख,कालिका–७ मा पृथ्वी मावि शाखा भवन निर्माणका लागि १० लाख, कालिका–९मा सुलिटार र सामफराङ खानेपानीका लागि १० लाख र कालिका–११ मा दामसिटारबाट तीनदोभान बाटो बनाउन १० लाख रूपैयाँ पोखरेलको पहलमा श्रोत व्यवस्थापन गरी खर्च भएको छ । कालिका–८ का स्थानीय हिम्मत पूरीले सांसद पोखरेल सांसद भएपछि कालिका नगरपालिका भित्रका अधिकांश सडकहरू कालोपत्रे भएको र कतिपय हुने क्रममा रहेको बताए । उनले नगरपालिका क्षेत्रको विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानी लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram