Listen Live: 

एशियन तेक्वान्दो प्रतियोगिता २०२२ मा सहभागी रत्ननगरका १४ खेलाडीलाई बिदाइ

Radio Chitwan
शनिबार, कार्तिक १२, २०७९

पाकिस्तानको ईस्लामावादमा कार्तिक १५ गतेदेखी कार्तिक १८ गते सम्म हुने चौंथो खुल्ला एशियन तेक्वान्दो प्रतियोगिता २०२२ मा सहभागी रत्ननगरका १४ खेलाडीलाई रत्ननगर नगरपालिकाले शुभकामना दिंदै बिदाइ गरेको छ । नगरपालिका कार्यालय परिसरमै आज आयोजित अनौपचारिक कार्यक्रममा नगर प्रमुख प्रलाद सापकोटाले खेलाडीलाई खादा एवं पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन् ।

नगर प्रमुख सापकोटाले खेलाडीलाई सफलता हात पार्न शुभकामना दिए । खेलाडी राष्ट्रको गहना भएकाले राज्यको एउटा महत्वपूर्ण निकायको प्रमुख भएका नाताले पनि आफ्नो दायित्व प्रमुख रहेको स्विकार गरे । चाडको मुखैमा बिदाइ गर्नुपर्दा उचित व्यवस्थापन गर्न नसकेपनी आवश्यक पर्दा सिंगो नगरपालिका साथमा रहेको खेलाडीले नबिर्सन र उच्च मनोवलका खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाए ।तेक्वान्दो खेलका अन्तरराष्ट्रिय प्रशिक्षक रोशन खानले खेलाडीको सहभागीताबारे कार्यक्रममा जनकारी गराएका थिए ।

नगर प्रमुख सापकोटा जस्तो खेलको मर्म बुझेको ब्यक्ती नगरको प्रमुख हुनु हाम्रो सौभाग्य भएको खानले बताए । सापकोटाले मेयर हुनुपुर्व देखिनै खेलाडीको अभिभावकत्व निभाउदै आईरहेको र नगर प्रमुख भएपछी पनि खेललाई निक्कै प्रार्थमिकतामा राखेकोमा खुशी ब्यक्त गरे । खेलाडीले खेलमा पाएको सफलताले समग्र देशले गर्व गर्ने भएकाले सबैले खेललाई माया गर्नुपर्ने खानले बताए ।नगर स्तरिय खेल समितीका संयोजक कृष्ण चौधरीले नगरका सोह्रवटै बडामा खेलको बिकास गर्ने दायित्वमा आँफु रहेको तर सबैको साथ सहयोग भए समग्र खेलको बिकास गर्न सकिने बताए । आँफु पनि तेक्वान्दो खेलाडी भएकाले यो खेलको बिकासमा बिशेष ध्यान जाने बताए । उत्कृष्ट खेल प्रदर्शन गरेर आँफु र आफ्नो ठाँउको नाम राखुपर्ने चौधरीले बताए । कार्यक्रममा बिज्ञ सल्लाहकार रामहरी न्यौपाने, बडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 19, 2023
तीजको दिन नारायणीमा पौडी खेल्न गएका एकै घरका दुई बालकको डुबेर मृत्यु

चितवन,असोज १- नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram