कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कांग्रेस नेतृ, पूर्व सांसद एवम समाजसेवी दानवीर ९२ वर्षिया मैयादेवी श्रेष्ठको निधन

कांग्रेस नेतृ, पूर्व सांसद एवम समाजसेवी दानवीर ९२ वर्षिया मैयादेवी श्रेष्ठको निधन भएको छ । विहान १ बजेर १० मिनेट जादा उहाँको उपचारका क्रममा निधन भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारि दिनुभयो । गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । मैयादेवी श्रेष्ठको निधनप्रति कांग्रेस चितवनले शोक वक्तव्य जारि गर्दै असल अभिभावक गुमाएको जनाएको छ । मैयादेवीले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको उल्लेख गर्दै उहाँको योगदान सधै सम्झना हुने उल्लेख छ । जिल्ला सभापति खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठको समाजसेवालाई राज्यले कदर गर्नुपर्ने उल्लेख छ ।चितवन कांग्रेसले शोकमा आज पार्टीका कुनैपनि चुनावी घरदैलो नगर्ने भएको छ । श्रेष्ठको पार्थीव शरिरलाई दिउसो १ बजे देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । श्रेष्ठले १ अर्ब बढी सहयोग गरिसक्नुभएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

