कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
नेपाल विद्यालय कर्मचारी परिषद चितवनको अध्यक्षमा सजन मगर

भरतपुर । नेपाल विद्यालय कर्मचारी परिषद चितवनको अध्यक्षमा सजन मगर चयन भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट मगरको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो। आगामी तीन वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा दयाराम दुलाडी र यशोदा विश्वकर्मा, सचिवमा उपेन्द्र खानियाँ, कोषाध्यक्षमा गायत्री देवकोटा र सह(सचिवमा विष्णुमाया भण्डारीसहितको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

अधिवेशनमा नेपाल विद्यालय कर्मचारी परिषद बागमती प्रदेशका अध्यक्ष रामशरण फुयाँल, केन्द्रीय सचिवालय सदस्य बालकृष्ण दाहाल, शैक्षिक प्रशासन महाशाखा भरतपुरका शाखा अधिकृत दीपक सिग्देललगायतको उपस्थिति थियो। सोही अवसरमा ६ जना कर्मचारीलाई सम्मान गर्नुका साथै तीन जना नवआगन्तुकलाई स्वागतसमेत गरेको थियो।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]