Listen Live: 

पत्रकार महासङ्घ को बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान

Radio Chitwan
शुक्रबार, कार्तिक ४, २०७९

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने भएका छन्।चुकेले आफ्ना बुबा अनन्तलाल चुके र आफ्नी आमा गङ्गादेवी चुकेको नाममा महासङ्घलाई नारायणगढ बजार नजिकैको १० धुर जग्गा निःशुल्करुपमा उपलब्ध गराउन आज सम्झौता सम्पन्न भएको छ। सो जग्गाको बजार मूल्य रु एक करोड हाराहारी पर्ने बताइएको छ। जग्गा दाता चुके र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महासङ्घको पदाधिकारीको उपस्थितिमा भएको सम्झौतामा तीन महिनाभित्रमा जग्गा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ। भरतपुर महानगरपालिका–३, बेलचोक नजिकै कृष्णमार्गमा रहेको चुके परिवारको जग्गा रहेको क्षेत्रमध्येबाट बालगोपालको नाममा रहेको जग्गा उनले महासङ्घलाई उपलब्ध गराउन लागेका हुन्। यसअघिदेखि नै उनले आफ्ना बुबा अनन्तलाल र आमा गङ्गादेवीको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका छन्। जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासङ्घले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ। सो जग्गासँगैको करिब दुई कट्ठा सार्वजनिक जग्गा महानगरपालिकाले यसअघि नै संरक्षणका लागि महासङ्घलाई दिने निर्णय गरिसकेको छ। शाखा अध्यक्ष अधिकारीका अनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ। जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने उनले बताए। भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ। जग्गादाता चुकेले पत्रकारको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाका नाममा जग्गा दिने निर्णय गरेको बताए। उनी चितवनका सामाजिक व्यक्तिका रुपमा परिचित हुन्। महासङ्घले यसअघि बाइपास सडकमा महानगरपालिकामार्फत जग्गा लिन गरेको प्रयास सो जग्गा वनको भएसँगै रोकिएको थियो।

आन्य समाचारहरु:-
February 25, 2024
आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

फागुन १३ । दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो । राष्ट्रिय खोप कार्यक्रम […]

February 25, 2024
नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

भरतपुर,फागुन १३- तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

February 24, 2024
भरतपुर भ्रमण बर्षको तयारी तीब्रः प्रधानमन्त्रीले उद्घाटन गर्ने,सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण

भरतपुर,फागुन १२- भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका […]

February 24, 2024
प्रधानमन्त्रीद्वारा देशकै लामाे झाेलुङ्गे पुलकाे उद्घाटन

धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram