काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
रत्ननगर नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने

चितवनको रत्ननगर नगरपालिकाले शिक्षाको गुणस्तर सुधारको लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने भएको छ । परम्परागत शिक्षण सिकाइलाई विस्तापित गरी आधुनिक शिक्षण सिकाईलाई अबलम्बन गर्ने उद्देश्यले सो नगरपालिकाले शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन लागेको हो ।
शिक्षकलाई प्राविधिक ज्ञान हस्तान्तरण गरेर आधुनिक शिक्षा प्रणालीको अबलम्बन गर्ने र समयको माग अनुसार शिक्षण सिकाइलाई परिमार्जन गर्न प्रविधिमैत्री शिक्षक उत्पादन गर्न लागिएको नगरपालिकाले जनाएको छ । प्रविधिमैत्री शिक्षक उत्पादन गर्ने र तत्कालै कार्यान्वयनमा लैजाने गरी रत्ननगरमा शुक्रवार देखि दुई दिने तालिम सुरु भएको छ । प्रविधिमैत्री शिक्षक समाज काठमाडौंको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका गरी ५० जना शिक्षकहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर प्रल्हाद सापकोटाले चक र डम्टरले पढाएर अब शिक्षाको गुणस्तर सुधार नहुँने बताए । शिक्षामा सुधार हुन जरुरी रहेको भन्दै मेयर सापकोटाले प्रविधिको प्रयोगले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । उपमेयर यादवप्रसाद पाठकले परम्परागत शिक्षा प्रणाली असफल भइसकेको बताए । उनले शिक्षाको गुणस्तर सुधारको लागि प्रविधिको अनुसरण गर्न अनिवार्य भइसकेको बताए । तालिममा खेमराज पौडेल, संविधान लामिछाने, देविप्रसाद पण्डित, प्रभात सुवेदीले सहजीकरण गरेका छन् । समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव देविप्रसाद शर्माले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]