कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन मा धान रोप्न काटन तराईका तथा भारतिया श्रमिकको भर

रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ । यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उहाँले भन्नुभयो, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उहाँले भन्नुभयो ।
यसपटक आठ जनाको टोली आएको भन्दै उहाँले ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिनुभयो । “आजमात्रै एक बिघा जग्गाको रु २२ हजारमा ठेक्का लिएका छौँ । धान काट्ने, चुट्नेदेखि घर भित्र्याइ दिनेसम्मको जिम्मा हाम्रो हो”, उहाँले भन्नुभयो । आठ जनाले दुई दिनमा एक बिघाको सबै काम सक्ने उहाँको भनाइ छ ।
पटेलसँगै आउनुभएका सर्लाहीका लालबाबु झा पहिलोपटक धान काट्नका लागि चितवन आएको बताउनुभयो । उहाँले काठमाडौँमा श्रमिकको काम गर्दै आएको र धान काट्ने यो समयमा पैसा राम्रो कमाइ हुने साथीहरुले भनेका कारण आएको बताउनुभयो । उहाँले छठपर्वका लागि पैसाको जोहो हुने भएकाले पनि धान काट्न आउनुपरेको जानकारी दिनुभयो । उहाँले दुई÷चारदिन छठ मनाएपछि पुनः यहाँ आएर काम गर्ने बताउनुभयो। पूर्वी चितवनको भण्डाराका किसान रामशरण काफ्लेले प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ भएकाले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसन्चो हुन्छ ।” काफ्लेले यस वर्ष पनि आफूले धान राप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउनुभयो । “गाउँमा अधिकांश चालिस÷पचास कटेका मान्छेमात्र छन्”, उहाँले भन्नुभयो, “काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडीमुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन । ”यही अवस्था रहिरहे नेपालमा काम गरेरसमेत खाना नसक्ने अवस्था आउने उहाँको भनाइ छ ।
राज्यले कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरेको बताउँदै आए पनि श्रमिकदेखि बीउ मलसम्म अरुकै भर पर्नुपरेको गुनासो गर्नुभयो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म भारतीय र तराईका श्रमिकको भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न क्षेत्रमा यन्त्रिकरणमार्फत धान रोप्ने र काट्ने काम भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । चितवनमा रु ३० हजार पाँच सय हेक्टरमा धान खेती गर्ने गरिएको छ ।
त्यसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खेधान र सात हजार पाँच सय ७३ हेक्टरमा चैतेधान लगाउने गरिएको छ । चैतेधान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा रहेको १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]